बैदेशिक रोजगारीका लागि ६ बर्ष पहिला कुवेत आइपुगेकी एक महिला पिवगत ५ वर्षदेखि कुवेतको फर्वानिया हस्पिटलमा जिउँदो लास बनेकी छन् । अचेत अवस्थामा रहेकी यि महिलाको स्थिति अत्यन्तै दयनीय र गम्भिर रहेको छ।
घाँटी र पेटमा प्वाल पारेर जुस र अरु झोल पदार्थ वाइपासमार्फत सम्बन्धित अंगमा पुर्याई हालसम्म जेनतेन बाँचिरहेक छिन् । ५ वर्षदेखि अस्पातलको बेडमा जीवन र मृत्युसँग लडिरहेकी शान्ति माया दोङको बारेमा समाचारहरु बने पनि हालसम्म उद्धार गर्न कुवेतमा रहेका कुनै संघसंस्था, सरकारी नियोग अथवा व्यक्ति कोहि पनि अगाडि आएका छैनन्।
आजभन्दा ६ वर्ष पहिला दिल्ली हुँदै खाडी मुलुक कुबेत आएकी मकवानपुर जिल्ला सुकौरा-२ की शान्ति माया दोङ कुवेत आएको ६ महिनापछि देखिनै परिवारसँग संपर्कविहीन भएकी हुन् । परिवारले शान्ति हराएको भनी सरकारी, गैर सरकारी संघसंस्था र सरोकारवालासँग खोज-खबर गरिदिनका लागि अनुरोध गरेका थिए तर कुनै खबर मिलेको थिएन। तर एक दिन अचानक संचारमाध्यममा शान्तिको फोटो सहितको समाचार प्रकाशित भएपछि शान्ति कुवेतको हस्पिटलमा रहेको कुरा उनको परिवार र आफन्तहरुले थाहा पाएको शान्तिका भिनाजुले बताएका छन् ।
करिब ५ बर्ष देखि बेखबर शान्ति कुवेतको हस्पिटलमा अचेत अवस्थामा रहेको समाचारले पुरै परिवार चिन्तामा डुबेको छ । छोरीको सास वा लास नेपाल फर्काउनका लागि शान्तिका बुढा बाबु काठमाण्डौमा हारगुहार लगाउँदै छन् । तर यस्तो बिचल्लीमा परेको परिवारको मद्दतको लागि कोही पनि अब यसै गर्ने भनेर अगाडि आएका छैनन्। उनका बाबुले रुदै भने