यूएईमा मृत्‍युदण्ड सुनाईएका नेपालीलाई निर्दोश भएको ठहरगर्दै अदालतमा पुनह:मुद्दा पुराइने

      -उमाकान्त पाण्डे गाउले
मध्यपुर्व स्थित अन्तरास्ट्रिय प्रमुख प्रतिनिधि


दुबई -१-डिसेम्बर-सन २००३ मा एक भारतीय नागरिकको हत्या कान्डको आरोपमा सम्युत्त अरब एमिरेट्स-यूएईको सर्वोच्च अदालत बाट मृत्‍युदन्ड सजाय सुनाइएका नेपाली नागरिक दार्चुला धारी गाविसका अम्मर बहादुर बमको मुद्दा पुनरावेदनका लागि पुनह कानुनी रुपमा अगाडि बडाइने भएको छ ।


हत्याकाण्ड प्रकरणका लागि भारत बाट अन्तरास्ट्रिय सवारी चालक अनुमती पत्र (लाइसेन्स) बनाइ भारत बाट सिधै बमलाई यूएई ल्याएको र उनी यहाँ आएको २ दिन पछी भारतीय क्लबमा ड्राइभरको रुपमा प्रयोग गरिएका बम भाषा ज्ञान तथा अन्य जानकारी बाट बन्चित भएकोले आफु पिणित हुनु परेको बमले दुतावासमा दिएको निवेदन मा उल्लेख गरेका थिए ।
 
सोही निवेदनका आधारमा यूएईका लागि नेपाली राजदुत अर्जुन बहादुर थापा,दीतिय सचिव लोक बहादुर पौडेल क्षेत्री लगायतले दुबई स्थित अल-अविर जेलमा बम लगायत अन्य कैदीको अवस्थाको बारेमा भेटघाट र उच्चस्तरिय भेटघाट गरी प्रेस बिज्ञप्ती मार्फत सार्वजनिक गरे लगत्तै समाजसेवी-सन्चारकर्मी-बिभिन्न संघसस्थाका प्रतिनिधि लगयातले चासो दिदै यस् बिषयमा गम्भिर भएर काम गरिरहेको पछिल्लो प्रगती विवरणले देखाएको छ ।


मृत्‍युदण्ड सुनाईएका नेपालीलाई दुतावासको पत्र मार्फत समाजसेवी कृष्ण ढकाल,मान बहादुर थापा तथा संचारकर्मी उमाकान्त पाण्डे गाउले केही दिन अघी जेलमै भेट्न गएका थिए । सो भेटका आधारमा बम निर्दोश हुँदा हुँदै पनि मृत्‍यदण्डको सजायसुनाइकोले उद्दार तथा सहयोगका लागि यहाँका सम्पूर्ण नेपाली लागिपर्नुपर्ने भन्दै कानुनी रुपमा लड्न सरकारी वकिल खटाइने भएको छ ।


समाजसेवी कृष्ण ढकालले दिएको पछील्लो खबर अनुसार यूएईको सर्वोच्च अदालतले दिएको फैसलाको विपरित अन्य कुनै प्रमाण भेटिएमा हत्याप्रकरण अन्तर्गत धारा ५ मा उल्लेख गरिए बमोजिम हत्याप्रकरणमा सम्लगंन अन्यले निज निर्दोश भएको भन्दै लिखित रुपमा  हस्ताक्षर गर्ने र हस्ताक्षर सहीहो भनी जेलमा रहेका अन्य कैदीहरु पनि साक्षी बसेर लिखित पत्र अदालतमा पेष गर्न सके सजायको फैसला उपर पुनह:मुद्दा लड्न सकिने उल्लेख भएकोले सरकारी वकिल डा.बुती अल मुहारी ले सो बिषयमा बहस गरी फैसला उपर लड्ने सहमती जनाएका छन ।
 
गत आइतबार उनका कानुनी सल्लाहकार एमद महम्मद नासिफ सँग उन्कै कार्यलयमा भेटेर सो बिषयमा छलफल गरी प्रमाण उपलब्ध गराएमा उनी बहस गर्न तयार रहेको बताएका छन । सरकारी वकिल डा.बुती अल मुहारी सगं पटक पटक ब्यात्तिगत रुपमा समाजसेवी कृष्ण ढकालले प्रयास गरी अहिले सो मुद्दामा लड्न तयार भएको जनाइएको छ ।


सबै कानुनी कागजपत्र जुटाएर सबै नेपाली मिली निर्दोश नेपालीलाई बचाउन लागि पर्न समाजसेवी ढकालले अनुरोध गरेका छन भने आफ्नो बिषयमा चासो देखाएर कानुनीरुपमा प्रकृया अगाडि बडाईदिएकोमा बमले सबैलाई आभार ब्यत्त गर्नुका साथै आफुले सहयोग पाउने पूर्ण आशा राखेको जनाएका छन ।