समिक्षा बैठक सँगै मगर संघ दुबई क्षेत्रिय कार्यसमितिमा नयाँ अनुहार

टेक थजाली मगर


 बर-दुबई,यूएई


मगर सँघ दुबई क्षेत्रिय समिति द्वारा नोभेम्बर ५ मा भएको दिपावली बनभोज कार्यक्रम र नोभेम्बर १६ र १७ मा यूएई ब्यापी सम्पन्न प्रथम सहिद लखन थापा मगर स्मृति कप भलिवल प्रतियोगिताको समिक्षा बैठक सम्पन्न भएको छ।


गत डिसेम्बर -३ मा बर दुबई स्थित एभेरेष्ट ईन्टरनेश्नल होटेलको सभाहलमा नेपालको बिभिन्न जिल्ला बाट यूएईमा कार्यरत उल्लेख्य मगर दाजुभाई दिदी बहिनीहरुको सहभागितामा सम्पन्न कार्यक्रमको सभापतित्व ज्ञान बहादुर सारु मगरले गर्नु भएको थियो।

 


प्रमुख अतिथि नेपाली मगर सँघ यूएईका अध्यक्ष गीरमान थापा मगर, बिशेष अतिथिमा महासचिव नुन प्रसाद सोमै मगर(दिपक) अन्य अतिथिहरुमा मगर सँघ युएईका अधिकांस पदाधिकारीहरु र अन्य छेत्रीय समितिका प्रमुख तथा प्रतिनिधिहरु लगाएत रहनु भएको थियो। कार्यक्रम संयोजक जंग बहादुर  थापा मगरले स्वागत मन्तब्य ब्यक्त गर्नु भएको थियो।


प्रमुख अतिथि गिरमान थापा मगरले बिशेष गरेर दुबई छेत्रीय समितिलाई धन्यवाद ब्यक्त गर्दै हिजोका दिनहरुमा भन्दा आज आएर नेपाली मगर दाजुभाई दिदीबहिनीहरु सचेत बन्दै गई रहेकोमा खुशी ब्यक्त गर्नु भएको थियो। साथै हाम्रो जातिय सँघ कुनै राजनितिक नभएतापनि आफ्नो हक अधिकारको लागि सधै जागरुक हुनुपर्ने बताउनु भयो।

 

बिशेष अतिथिले नेपाली मगर सँघ यूएईमा २५ सदस्यिय कार्य समीति र ५ वटा क्षेत्रमा १५,१५ सदस्यिय कार्य समिति  गरी १,०० जना मगर दाजुभाईहरु मिलेर प्रगतीपथमा लम्कीरहेको जानकारी गराउदैं बाँकी २ क्ष्रेत्रमा  पनि समीति गठनको प्रयास भैरहेको बताउनुभयो।


मगर सँघ युएईका प्रबक्ता टेक थजाली मगरले आफ्नो मन्तब्य ब्यक्त गर्दै प्रमुख दल एकीकृत माओबादीका नेता प्रचन्डले पनि लखन थापा मगरलाई प्रथम सहिद नभनेर राणाहरुको बिरुद्दमा लागेको साहसी ब्यक्ती भनेर मात्रै चिनेको हुनाले यस प्रकारका राजनितिक चलखेलहरुमा सम्पुर्ण मगरहरु एक हुनुपर्दछ भन्नु भयो। मगर सँघ यूएईकै सचिव भरत राना मगर, सारजाह क्षेत्रिय समितिका अध्यक्ष तुल बहादुर पुनमगर लगाएतले पनि आ-आफ्नो बिचार ब्यक्त गर्नुभएको थियो साथै आयोजक समितिलाई अन्य बक्ताहरुले पनि प्रसँसा गरेका थिए।


कार्यक्रममा प्रमुख अतिथि,बिशेष अतिथि र सभापतिको हातबाट दिपावलीको बनभोज कार्यक्रमलाई सफल बनाउन बिशेष भूमिका निभाउने मगर चेलीहरु उशा थापा,सरिता,रिमा थापा र सिता पुनलाई दोसल्ला, सम्मान पत्र र नगद द्वारा सम्मान गरिएको छ।


सोही दिन नेपाली मगर सँघ दुबई क्षेत्रिय समितिमा बिबिध कारणवस रिक्त भएको पदहरुमा पद पुर्ति गरिएको छ जहाँ केही नयाँ अनुहार छन्।साथै उल्लेख्य मगरहरुको भेलाकै बिच कार्य समितिमा जिम्मेवारी हेरफेर गरिएको हो। जसमा अध्यक्ष ज्ञान बहादुर सारु मगर ,उपाध्यक्ष जंग बहादुर थापा,सचिव तिलक बिरकट्टा, कोष अध्यक्ष उशा थापा, सदस्यहरु टेक बहादुर गाहा,सुरेन्द्र डिश्वा ,कुम बहादुर सारु, केशु थापा,कृष्ण माया पुलामी, रिमा, चुन माया थापा, याम बुढा, खेम रास्कोटी भुपजीत बुर्जा,र लोक बहादुर सुनारी मगर रहेका छन्।कार्यक्रमको अन्तमा धनेन्द्र मास्की राना मगरको समुहले केही सास्कृतिक प्रस्तुतिहरु द्वारा मनोरञ्जन प्रदान गरेका थिए। अन्तमा सभापतिले आफ्नो मन्तब्य सँगै कार्यक्रमको समापन गर्नु भएको थियो।