जन्ती बस दुर्घटना हुँदा एक जनाको मृत्‍यु

जन्ती सवार बस  उदयपुरको पूर्वी बजार बेल्टारमा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।


बेल्टारबाट भुल्केतर्फ गईरहेको बिहेको जन्ती सवार ना २ ख ४५४५ नं.को चण्डिका ट्राभल्सको बस दुर्घटनामा पर्दा बेल्टार २ का १५ वर्षीय उमेश राईको मृत्यु भएको इलाका प्रहरी कार्यालय बेल्टारले जनाएको छ।


बेल्टार-भुल्केबीचको जंगलमा गाडी कोल्टे पर्दा छतमा सवार जन्ती खसेर राईको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

अन्य समाचारहरु