चिकित्सक लापरवाहीका कारण गर्भवती महिलाको मृत्यु भएको भन्दै आफन्त र स्थानीयले पूर्वपश्चिम राजमार्ग अवरुद्ध पारेका छन्। टायर बालेर सडक अवरुद्ध पारेपछि पूर्वश्चिम राजमार्गमा गुड्ने सवारी साधन चल्न सकेका छैनन्। भरतपुर अस्पतालमा उपचार गराइरहेकी सात महिनाकी गर्भवती अनिता पोडेको गए राति निधन भएको थियो।
९ दिन अघि उनको एपेन्डिसाइडको अपरेशन गरिएको थियो। उनको पेटमा ७ महिनाको गर्भ थियो। गएराति मृत्यु भएपछि निरक्षर आफन्तलाई ल्याप्चे लगाएर अस्पतालले राति नै शव जिम्मा लगाएपछि स्थानीयबासी आक्रोसित बनेका हुन्।
अनिताको उपचारमा संलग्न सर्जन श्यामकुमार श्रेष्ठ सम्पर्कबिहीन छन ।
अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट नरेन्द्रकुमार सिंहले एपेन्डीसाइड गम्भीर भइसकेकाले बचाउन सकिन्छ कि भनेर अपरेशन गरेको तर सफल हुन नसकेको उन्को भनाइ रहेको छ ।



