जाजरकोटको नायकवाडामा १८ वर्षीय युवतीको भीरबाट खसेर मृत्यु

– भीमबहादुर सिंह

 

जाजरकोट – जाजरकोटको नायकवाडा गाविस २ की  एक युवतीको भीरबाट खसेर मृत्यु भएको छ  ।  जिरीकी १८ वर्षीय सीता कुमारी सिंहको घाँस काट्दै गर्दा भीरबाट लडेर मृत्यु भएको हो ।

गाउ नजिकैको भीरमा घाास काट्न गएकी उनको शनिबार दिउासो टिमुरे भीरबाट झण्डै १ सय मिटर तल खसेर मृत्यु भएको स्थानीय सुर्यबहादुर सिंहले बताए ।

अन्य समाचारहरु