कतार नेपाली एकता समाजको अलखोर रस्लाफान एरिया मातहत रहने गरि अलखोर सिटी इकाई ूसिू को ९-१२-२०१० मा केन्द्रीय महासचिव भिमकान्त पन्थी र एरिया कोषध्यक्ष सुकबहादुर थामसुङ्गको को विषेश उपस्थिति र एरिया सचिव रामकुमार परियार को पहलमा सात पूर्ण र दुई रिक्ति सहित ९ सदस्यीय कार्य समितिको निर्माण गरिएको छ ।
जस्ा्मा सभापति ः- टेकलाल आचार्य कपिलवस्तु उपसभापति ः- यमराज कटुवाल संखुवासभा सचिवः- यमकुमार लिम्वु तेह्रथुम कोषाध्यक्षः- हिमलाल जैसी बाग्लुङ्ग सदस्यहरुमाः- रामबहादुर भण्डारी लम्जुङ्ग रामकुमार परियार बाग्लुङ्ग रहनु भएको छ । उक्त नयाँ कार्य समितिलाई कार्य सफलताको सुभकामना दिदै महासचिव पन्थीले कतार नेपाली एकता समाजले लिएको निति विचार लक्ष्य उद्देश्य र देशको बर्तमान अवस्थाको बारेमा पनि प्रष्ट पार्नु भएको थियो ।
वैदेशिक रोजगारीका सम्वन्धमा हाम्रा विचार
कतार नेपाली एकता समाज कतारमा काम गर्ने पुर्व मेचि देखि पश्चिम महाकाली र हिमाल देखि तराई सम्मका सबै जात जाति भाषा भाषी धर्मलम्वीहरुलाई एकताको सुत्रमा बाध्ने साझा चौतारीको रुपमा स्थापना भएको संगठन हो । नेपालबाट कतारमा रोजगारीका लागि आएका नौ जना सकि्रय नेपालीहरुको भेलाले १८ नोभेम्वर १९९९ सालमा स्थापना गरेको यो समाजले आफ्नो स्थापना काल देखि यो ११ बर्षको अवधिमा झण्दै १८ हजार सदस्यता वितरण गरिसकेको छ । शोषित पिडित नेपालीहरुको हक हित र रक्षाको लागि सधै अग्र स्थानमा रहेर काम गर्दै आएको यस समाजले कोही पनि नेपालीहरुको दःुख र आपत विपत पर्दा अर्थात कामदारहरुको असामयिक निधन हुँदा उहाँहरुको समस्या समाधानको बन्दोवस्त मिलाउने र कुनै पनि समयमा भैपरि आउने हर परिस्थितिमा नेपालीहरुको सहयोगका लागि एकता बद्ध भएर काम गरिरहेको छ । कतार नेपाली एकता समाजले विदेशमा रहेका नेपालीहरुको समस्या समाधानका लागि नेपाल सरकारलाई पनि सदैव सचेत र सजग गराउँदै आएको त सर्वविदिततै छ ।
प्रवासमा जीन्दगी विताई रहेका नेपाली दाजुभाइ तथा दिदी बहिनीहरुलाई पनि सचेत गराउदै आपासी एकता भाइचारा र सद्भाव कायम गदै आम मजदुर बर्ग तथा न्यायप्रेमी जनताहरुलाई नयाँ र आमुल परिवर्तनको लागि विदेशमा रहदा पनि सचेत सकि्रय र जागरुक गराउन यो संगठन संकि्रय रुपमा लागि परेको छ ।
प्रवासी नेपालीहरुलाई नेपालको विग्रदो आन्तरिक राजनिति प्रति सचेत गराउँदै आएको यो समाजले । नेपाल जस्तो बहुभाषि बहुजाति बहुसंस्कृति र बहुधर्मलम्वीहरु भएको देशमा संघीयताको नामबाट जातीय राज्य बनाउने र जातीय विभाजन गराई आपसमा लडाई र काटामार गराउन लागेकोमा पनि यो समाजले खवरदारी गरिरहेको छ । साथै यस्तो परिस्थिति आएमा यसको समाधानको लागि पनि आफ्नो कार्यकर्ताहरुलाई प्रशिक्षित गराई रहेको छ । कतार नेपाली एकता समाजको हाल २९ ओटा एरिया समितिहरु रहेका छन भने सयौं इकाई समितिहरु रहेका छन । यसको अन्तर्राष्ट्रिय नेपाली एकता समाज अन्तर्गत २४ ओटा देशमा संगठन विस्तार गरिएको छ । अन्तर्राष्ट्रिय नेपाली एकता समाजको मुख्य कार्यलय नेपालको सानोठिमी भक्तपुरमा छ । कतार नेपाली एकता समाजले वैदेशीक रोजगारीको लागि नेपाली कामदारहरुलाई विदेशमा पठाउने काम म्यानपावर एजेन्टहरुलाई दिइएकोमा लगातार विरोध गर्दै आएको छ । र विरोध जारी राख्ने निर्णय गरेको छ । यो समाजले वैदेशीक रोजगारीको सम्पूर्ण जीम्मा सरकारले लिनु पर्ने र म्यानपावार कम्पनिहरु खारेज गर्नु पर्ने मागलाई लागातार उठाई रहेको छ । र नेपाल सरकारको प्रधानमन्त्री सम्मलाई ज्ञापन पत्र बुझाई सकेको छ । तर पनि यस विषयमा सुनुवाई भएको देखिदैन । दिर्घकालीन रुपमा बैदेशीक रोजगारीलाई अन्त गर्ने हो भने सरकारद्वारा नै प्रवासीहरुको छरीएर रहेको पैसालाई एकमुस्ट बनाउदै ठूलाठूला कलकारखाना उद्योग धन्दा र हाईड्रो पावार जस्ता क्षेत्रमा लगानी गरेर स्वदेशमै रोजगारको अवसर सिर्जना गर्नु पर्ने कुरामा पनि यो समाजले बारम्वार आफ्ना विचारहरु राख्दै आएको छ ।
यदी हामीले सरकारद्वारा कामदारलाई वैदेशीक रोजगारीमा पठाउने निति अपनाउने हो भने ति गरिवी र वेरोजगारीमा परेर विदेशीको चाकडी गर्न जाने बेलामा लाखौ रिनको बोझ नपर्ने ग्यारेन्टी छ । किन भने यदी सरकारद्वारा यो काम गर्ने हो भने भिसा बापतको पैसा मजदुरहरुले तिर्नु पर्दैन खाली ल्पेन टिकत वातप र श्रम वापत मात्र खर्च लाग्ने छ । यो अरव जस्ता देशमा थोरै तलवमा काम गर्ने गरिव किसानहरुका छोरा छोरीहरुलाई ठुलो राहात हुनेछ । हामीले देखेका ९५ पतिशत समस्या आर्थिक संग जोडीएको नै पाउने गरेका छौ । याहाँको ठगित छदैछ । स्वदेशबाट विदेशको पाईला राख्ने बेलामै ठिगिनुलाई हामीले अत्यन्त निन्दनीय ठानेका छौ ।
राजेन्द्र श्रेष्ठ
महासचिव
अन्तर्राष्ट्रिय नेपाली एकता समाज
हालः- दोहा कतार