कञ्चनपुरको अर्जुनी व्यारेकबाट राइफल, गोलीसहित भागेका सैनिक जवान चुरे क्षेत्रबाट पक्राउ

कैलाली । गएको बिहीबार कञ्चनपुरको अर्जुनी व्यारेकबाट एम-१६ राइफल र १४० राउन्ड गोलीसहित भागेका सैनिक जवान दीपक शाहीलाई सेना र प्रहरीको संयुक्त गस्ती टोलीले कैलालीको चौमाला गाविसको चुरे क्षेत्रबाट पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी उपरीक्षक योगेश्वर रोमखामीले दिएको जानकारीअनुसार भगौडा शाहीलाई खैराला गाविसको वडा नं. ३ कालिखोला नजिक बिहीबार अपरान्ह ४.४५ बजे पक्राउ गरिएको हो ।


प्राप्त सुराकीको आधारमा उनलाई पक्राउ गरिएको सैनिक स्रोतले जनाएको छ । सेनाको २५ नं. बाहिनी कञ्चनपुरले पनि सैनिक जवान शाही पक्राउ परेको पुष्टी गरेको छ ।


हतियार सहित भागेका सैनिक जवान शाहीले भागेकै दोस्रो दिन डडेल्धुराको जोगबुडा- ९ का वीरबहादुर विष्टको गोली हानी हत्या गरेका थिए भने उनकी पत्नीलाई पनि गोली हानी गम्भीर घाइते बनाएका थिए । मृतक विष्टकी श्रीमती लीला विष्टको सेनाले छावनीस्थित आफ्नै सैनिक अस्पतालमा उपचार गराइरहेको छ ।

अन्य समाचारहरु