मृत्यु हुनेमा बर्ष २० का रोशन बगाले मगर रहेका छन् । वरपरका दाजु भाई मिलेर घरदेखि माथि खरवारीमा मृगको शिकार गर्ने क्रममा झुक्किएर गोली लागेको र बगालेको मृत्यु भएको प्रहरीको प्रारम्भिक अनसुन्धानबाट खुलेको छ ।
घटना बिषयमा जानकारी लिन प्रहरीले वनमासंगै शिकार गर्न गएका ३ जना स्थानीय युवाहरुलाई प्रकाउ गरेको छ । पक्राउ पर्नेहरुमा बर्ष ५३ का दलबहादुर बगाले, १८ बर्षीय दान बहादुर बगाले र १७ बर्षीय शेरबहादुर बगाले रहेका छन् । एक जना फरार रहेको प्रहरीले जनाएको छ ।
शिकारीले चलाएको गोली लागेर २० वर्षीय रोशन बगालेको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । पाँच जना युवाहरुसंगै गएको र उनीहरुले नै चलाएको गोली लागेर मृत्यु भएको प्रहरीले जनाएको छ ।
स्थानीय बासिन्दाका अनुसार विहानमा जंगलमा कालिज र मृग देखिएकाले युवाहरु जंगलमा गएका बखत घटना भएको हो । गोली चलाउने युवाको पहिचान गर्ने कार्य जारी राखिएको छ । जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक श्यामप्रताप सेन र इलाका प्रहरी कार्यालय मुझुङ्गका प्रहरी नायव निरीक्षक शिव पोखरेलको टोली घटनास्थलमा पुगेको छ । घटनावारे विस्तृत विवरण आउन बाँकी छ ।



