सिमिकोट, हुम्ला – हिमाली जिल्ला हुम्लामा दुईवटा भिन्न भिन्न घटनामा परि दुई जनाको मृत्यु भएको छ ।
ठेहे गाउँ विकास समितिको दोजाम गाउँमा रहेको चाङ्गला प्राथामिक विद्यालय निर्माणमा संलग्न सिकर्मीको मृत्यु भएको छ भने छिप्रा गाउँ विकास समितिको लेख गाउँमा काठ लिन जंगल गएको समयमा खसेको ढुङ्गा लागेर एकको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालयका अनुसार सदरमुकामदेखि ७ कोष पश्चिम ठेहे गाविसको दोजाममा रहेको चाङ्गला प्राथामिक विद्यालय भवन निमाण गर्ने क्रममा राया गाउँ निवासी ४० वर्षिय गिन्डो टमट्टाको घटना स्थलमै मृत्यु भएको हो ।
निर्माणका क्रममा टिनको छतमामाथि चढेका टमट्टा एक्कासी तल खसे पछि गर्धन भाँचिएको थियो । स्थानियका अनुसार काठ लिन जंगल गएका छिप्रा गाविसको लेख गाउँ निवासी २५ वर्षिय धनपती जेठराको माथीबाट गुडेर आएको ढुङ्गा लागेर मृत्यु भएको हो ।
सँगै गएका भाइ समेत घाइते भएका छन् ।



