झापा दुहागढीका एक बृद्धले आफ्नै घरमा आगो लगाएर आत्महत्या

राजु अधिकारी, झापा, पुस ४- झापा दुहागढी-३ का एक बृद्धले आफ्नै घरमा आगो लगाएर आत्महत्या गरेका छन्। ५५ वर्षे पदम ढकालले घरमा लगाएको आगोमा आफूलाई पनि जलाएका हुन्। आइतबार बिहान घरमा कोही नभएको मौका छोपेर घरमा आगो लगाएका उनले ढोका थुनेर आफूलाई पनि भित्रै राखेका थिए।

 

प्रहरीका अनुसार फुसको छाप्रो भएकाले आगो झोस्नासाथ हुर्हुरी बलेकाले ढकालको उद्धार गर्ने अवसर कसैले पाएनन्।

विहानको खाना परिवारसँगै खाएका ढकालका पत्नी र छोरा त्यसबेला स्थानीय काठ मिलमा मजदूरीका लागि गएका थिए। दूई छोरीहरु स्कूल गएका थिए। प्रहरीले ढकालको मानसिक अवस्था ठीक नभएको अनुमान गरेका छन्। 

अन्य समाचारहरु