यूएईमा यस् अघी डेढलाख नेपाली कार्यरत रहेको तथ्याक दुतावासले दिएको थियो ।यहाँ नेपाली हरु दक्ष तथा अर्ध दक्ष गरी बिभिन्न पेशामा सम्लग्न छन । झन हालका दिनमा यहाँ ब्यवसाय गर्ने नेपालीको शख्या बढीरहेको पाइएको छ ।
सुरक्षा सेक्युरेटी,उत्पादकिय,प्राबिधक,तथा निर्माण योजना लगायत अन्य धेरै क्षेत्रमा नेपाली कामदार प्रत्यक्ष रुपमा संलग्न रहेका छन । खाडीमा घरेलुमहिला कामदार जान नपाउने नियम यूएईमा समेत छ यधपी महिला आउने क्रम रोकिएको छैन । गएको केही महिना अघी यता नेपाली महिला श्रम अनुमती बिना आउने क्रम रोकिएको भए पनि भारतको बाटो हुँदै आउने शिलशिला रोकिएको छैन । बिदेश स्थित कुटनैतीक नियोगको पटकपटकको आग्रहलाई मध्यनजर गर्दै कामचलाऊ सरकारको पहिलो क्याबिनेट बैठकले गरेको पहिलो निर्णय अनुसार खाडी मुलुकमा श्रम स्विकृति बिना घरेलु महिला कामदार जान रोक लागे पछी अहिले भारत बाट आउने नेपालीको शख्या अत्यधिक बढेको छ । यसरी आउनेको तथ्याकं न त नेपालमा रहन्छ नत यूएई दुतावासमा ।
यसै बिच गत हप्ता एमिरेट्स सरकारले मज्दुरको हितमा ल्याएको नयाँ नियमले समेत अब नेपाली कामदारलाई झन बल मिलेको छ। यस् अघी देखी रहदै गरेको नयाँ भिसा सकिएको तथा रद्द गरेको ६ महिना सम्म श्रम अनुमतीका लागि कुरिरहनु पर्ने झनझटिलो ब्यबस्था हटाएको छ । यहाँका राष्ट्रिय दैनिक पत्रीका हरुमा उल्लेख गरिएको समाचार स्रोतलाई आधार मान्ने हो भने २०११ जनवरी १ देखी २ दुई बर्षे श्रम अनुमती मात्र रहने छ । दुई वर्ष कामगरे पछी अन्य कम्पनी परिवर्तन वा आफुले चाहेको कम्पनीमा भिशा कामदार स्वयमले अघिल्लो भिशा स्पोन्सरको अनुमती बिना नै आफ्नो कम्पनी तथा भिसा परिवर्तन गर्न पाउने ब्यबस्था गरिएको छ ।



