लहान । गएराति यहाँ भएको मोटरसाइकल दुर्घटनामा दुईजनाको मृत्यु भएको छ ।जिल्लाको जानकीनगर-बरियारपट्टी सडकमा द्रुतगतिमा हुइँकिएको मोटरसाइकल ठोक्किएर खाल्डोमा खस्दा दुईजनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार मोटरसाइकलमा सवार टेनुवापट्टी-७ का प्रमोद मण्डल र त्यसका चालक टेनुवापट्टी-८ का सचेन्द्र यादवको मृत्यु भएको हो ।
यसैगरी, पूर्वपश्चिम राजमार्गको धनगढीमा मोटरसाइकल दुर्घटना हुँदा गोविन्दपुर-८ का मनिषलाल चौधरी र अरबिन्द मोची गम्भीर घाइते भएको छन् । उनीहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।