नेपाली संचारमाध्यमहरुले जनाए अनुसार बसको ठक्करबाट एक छात्राको मृत्यु भएपछि आक्रोशित बनेका विद्यार्थी तथा स्थानीयले बनेपामा अरनिको राजमार्ग अवरुद्ध पारेका छन् । उनीहरुले बसका चालकलाई कारवाही तथा मृतक परिवारलाई क्षतिपूर्तिको माग गरेका छन् ।
ना.२.ख १६१३ नम्बरको बसले बिहीबार बिहान बनेपाको तरकारी बजार भन्ने ठाउँमा रवीओपी गाविस-१ की १८ वर्षीया गोमा दाहाललाई ठक्कर दिएको थियो । घाइते दाहालको उपचारका क्रममा बी एण्ड बी अस्पताल काठमाडौंमा मृत्यु भएको छ । उनको मृत्युपछि उनी पढ्ने सेती देवी जेबी उच्च माविका विद्यार्थीहरु सडकमा उत्रिएका छन् ।



