गुल्मी, पाल्पा र स्याङ्गजाको संगम रुरुक्षेत्र रिडीमा शव जलाउन आएका दुई मलामी बगेर बेपत्ता

पाल्पा – प्राप्त समाचार अनुसार  गुल्मी, पाल्पा र स्याङ्गजाको संगम रुरुक्षेत्र रिडीमा शव जलाउन आएका दुई मलामी शनिबार बगेर बेपत्ता भएका छन् ।

कालीगण्डकी नदीमा बिहान ११ बजे रुरु गाविस-४ मा शव जलाउन आएका गुल्मी दुवीचौर-६ का ४३ वर्षीय  वर्षीय  दलबहादुर तग्नामी र ६५ वर्षीय  मानबहादुर तग्नामी डुबेर बेपत्ता भएका हुन् ।

शव जलाई सकिएपछि जलाएको स्थान सफा गर्न नदीबाट हातले पानी छ्याप्दै गर्दा डुबेको इलाका प्रहरी कार्यालय रिडीले जनाएको छ । दुवीचौर-६ का हिमलाल धुरेलको शव जलाउन उनीहरू मलामी बनेर रिडी रुरु आएका हुन् । नदीमा बेपत्ता भएकाको गुल्मी र पाल्पाको प्रहरी टोलीले खोजीकार्य जारी राखेका छन् ।

 

अन्य समाचारहरु