गुल्मी – संचारमाध्यमहरुले जनाए अनुसार बालिका बलात्कार गर्ने युवकलाई जिल्ला अदालतले ८ वर्ष कैदको फैसला सुनाएको छ ।
जिल्ला अदालतले सोमबार गरेको फैसला अनुसार धुर्कोट रजस्थल-७ का २५ वषिर्य सुनिल पाण्डेलाई स्थानीय १३ वर्षीया बालिकालाई बलत्कार गरेको अभियोगमा ८ वर्ष कैदको फैसला सुनाएको हो । अदालतले पिडीत बालिकालाई क्षतिपूर्ती बापत पाण्डेले १८ हजार रुपैंया नगद समेत दिलाएको छ ।
अभियुक्त पाण्डे सोमबार नै जेल चलान भएका छन् । पाण्डेले २०६६ चैत २३ गते स्थानीय कालापत्तल जंगलमा बालिका काफल खान गएको मौका पारी बलत्कार गरेका थिए । युवकलाई हदैसम्मको कारबाहीको माग गर्दै बालिका र उनका अभिभावकले बैशाख २३ गते अदालतमा मुद्धा दायर गरेका थिए ।



