हेटौडा, पोखरा, दैलेखका छुट्टै टुट्टै सवारी दुर्घटनामा ५ को मृत्यु ११ जना घाइते

भीमफेदी – वीरगन्जबाट काठमाडौंतर्फ जाँदै गरेको ना १ ख ४५५७ नम्बरको ट्रकले हेटाडास्थित नवलपुरबाट हेटौडातर्फ आउँदै गरेको ना ७ प ९३३ नम्बरको मोटरसाइकललाई पूर्वपश्चिम महेन्द्र राजमार्गको ठाना भर्‍याङमा बुधबार बिहान ठक्कर दिंदा घटनास्थलमै एकजनाको मृत्यु भएको छ ।

मृतक मकवानपुर जिल्लाको हटिया गाविस-५ का ३४ वर्षीय मदन भुजेल रहेको प्रहरी जनाएको छ । ट्रक र चालकलाई प्रहरीले  नियन्त्रणमा लिएको जनाएको छ । यसैगरी पोखराबाट पाल्पातर्फ गइरहेको बस मंगलबार राति दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन् ।

 ना २ ख ३३४४ नम्बरको बस पाल्पा-बुटवल सडकको दोभान-४ पानी मिलनजिक दुर्घटना हुँदा बाराको जितगैया-४ की ४० वर्षीय कृस्मति चमारको मृत्यु भएको हो ।

घाइते ११ जनामध्ये पाँचजनाको तानसेनस्थित लुम्बिनी शिक्षण अस्पताल र अन्यको लुम्बिनी अञ्चल अस्पतालमा उपचार भइरहेको छ । यस्तै सुर्खेतबाट कालिकोटतर्फ व्यापारिक सामान लिएर जाँदै गरेको भे १ त ३२१९ नम्बरको ट्रयाक्टर दैलेखको खड्कवाडा गाविस वडा नं ७ को से

अन्य समाचारहरु