पोखराबाट पाल्पा हुदै वुटवल हिडेको ना २ ख ३३४४ नम्वरको बस दोभानको पानी मिल नजिकै भएको दुर्घटनामा परी बारा जिल्ला जितगैया एयरपोर्ट क्रिस्मती चमारको मृत्यु भएको छ । मंगलवार राती १० बजेतिर भएको दुर्घटनामा परी घाइते भएका ११ मध्ये ५ जनाको लुम्विनी मेडिकल कलेजर ६ जनाको लुम्विनी मेडिकल कलेजमा उपचार भैरहेको जिल्लाप्रहरी कार्यालय पाल्पाले जनाएको छ । घाइते मध्ये तीन जना गम्भीर छन् ।
मनकामना, पोखराबाट पाल्पा हुदै वुटवल हिडेको बस सिद्धार्थ राजमार्ग सडकमै पल्टेकोले यातायात समेत अवरुद्ध भएको प्रहरी निरीक्षक श्याम प्रताप सेनले बताए । बसमा सवार अन्य यात्रुहरुले दोभान स्थित एक सामुदायिक वनको भवनमा रात काटेका थिए । घटनाबारे अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।



