एनआरएनए कतारको कार्यक्रम विवादको ठुलो भुमरीमा

रोशन भट्टराई

दोहा, कतार

 

एनआरएनए एनसिसि कतार विवादको ठुलो घेरामा घेराबन्दी भएकोछ । एनसिसि कतारले आयोजन ागर्न लागीरहेको सांस्कृतिक कार्यक्रमको कांरणले सो विवाद सिर्जना भएकोहो ।

 

एनसिसि कतारले कतारमा कार्यरत कुनैपनि संघसंस्थाहरु संग सहकार्य नगरी एक्लै र मात्र केहि मुठ्ठी भरका ब्याक्तिहरुलाईमात्र साथमा लिएर कार्यक्रमको आयोजना गर्नुले यो संस्था विवादमा तानिएकोहो । कतारमा कार्यरत ५०र६० वटा संघ संस्थ्ााहरुले एनआरएनए को उक्त्त कार्यक्रम सकि्रय बहिष्कारको रणनिती अख्तियार गरेकाछन् र आगामी दिनहरुमा एनआरएनएका पदाधिकारीहरुलाई सामाजिक बहिष्कार गरिने कुरा थाहा हुनआएकोछ ।

 

सांस्कृतिक कार्यक्रम जस्तो पवित्र कार्यको आयोजना गरिदा सिमित केहि ब्याक्तिहरु द्धारा मात्र कार्यक्रमको आयोजना भएको कांरणले गर्दा एनआरएनए एनसिसि कतारको कार्यक्रमलाई नेपाली संघ संस्थाहरुले बहिष्कार गरेकाहुन् । एनसिसि कतारको विवेकहिन निर्णयले गर्दा अब एनआरएनए एनसिसि कतार असाध्यै नराम्रो तवरले छिन्नभिन्न हुने संभावना प्रबल भएर गएको छ ।

 

एनआरएनए एनसिसि कतारले नेपाली खेलाडि दिपक विष्टलाई सम्मान कार्यक्रम राखेको कांरणले गर्दा क्ष्ाुन यो संस्था विवादको अति ठुलो खाडलमा फसेको छ भने नेपाली सम्मानित खेलाडि तथा नेपालकै साक्ष्ाुा सम्पती दिपक विष्टमाथीको सम्मानमा समेत आंच पुग्न जाने कुरा पक्कापक्की भएकोछ । एनआरएनए एनसिसि कतारमा बडो मुश्किलले नौंसय सदस्य संख्या छन भने सो संख्या पनि चुनाव जित्नको लागी भएको घिनौना खेल र गठबन्धनको कांरणले गर्दा नेपाली ब्यापारी तथा ब्याब्यसायीहरुको कम्पनीबाट मात्र जबरजस्ती लादिएको र एनआरएनएको बारेमा कुनै जानकारी नभएका सिधा नेपाली श्रमिकहरुको संख्या मात्रहो । वास्तबमा भन्नेहो भने कतार एनआरएनमा ५० जना पनि सकि्रय सदस्य छैनन । नेपाली कामदारहरु यो संस्थामा नलाग्नुको मुख्य कांरण यो संस्थामा म्यान पावर ब्याब्यासायीहरुको बाहुल्यता हुनुहो । एनसिसि कतारका पदमा आसिन मुख्य ब्याक्तिहरुको विगत भनेको म्यान पावर ब्याब्यासाय नै हो र कतारमा पनि लेबर सप्लाईको ब्याब्यसाय हो । यसरी नेपाली श्रमिकहरुलाई दुई चार रियलको नाफामा बेच्दै आईरहेका नेपाली ब्याब्यसायीहरुको सकि्रयतामा संचालित संस्था भएको कांरणले नै नेपालीहरु एनआरएनए तिर विकर्षण हुंदैगैरहेकाछन । अबको केहि समयमा एनआरएनए कतारको भविष्य भनेको शुन्य नेपाली हरुको संग्लग्नता हुनेछ । वास्तवमा भन्नेहो भने कतार एनसिसि कतारमा कार्यरत एक सानो गा। वि। स। संस्था भन्दापनि सानो संस्था भएर गएको सर्वविदित नै छ ।

 

यसरी सदस्यनै नभएको संस्थाबाट हुनलागेको नेपाली राष्ट्रिय खेलाडिको सम्मान बास्तबमा दिपक विष्टको सम्मान नभएर मदन कृष्ण र हरिवंश जस्ता राष्ट्रिय ब्याक्तित्यहरुलाई एक क्ष्ाुठो शैक्षिक संस्थाले मानार्थ विद्यावारिधी प्रदान गरे सरह हुनेकुरामा कुनै दुईमत छैन । नेपाली राष्ट्रिय खेलाडि दिपक विष्टको सम्मान एनसिसि कतारले आयोजना गर्नु आफैमा हांसोलाग्दो कुरोहो । एनसिसि कतार एनआरएन को एपेक्स ईकाईहैन यो त मात्र राष्ट्रिय समन्वय समितीहो । दिपक विष्टलाई सम्मान गर्न एनआरएनको एपेक्स ईकाईले माईन्यूटिगं गनुपर्नेहुन्छ तर एनआरएनको एपेक्स ईकाईलाई यो कुरो थाहा समेत छैन । एनआरएनको एपेक्स ईकाईको अध्यक्ष देबमान हिराचन जीहो र यस्तो निर्णय उहांबाटमात्र हुन संभबछ । अन्यथा हुने सम्मान बास्तविक सम्मान नभएर मात्र एक लहड हुनजानेहुन्छ । कसैको ब्याक्तिगत स्वार्थको लागी यसो गरिदा नेपाली राष्ट्रिय खेलाडिको सम्मानमा चोट पुग्न जाने निश्चित छ । अनि आर्को महत्यपूर्ण कुरा यो छ कि सम्मान गर्नको लागी सम्मान गर्ने संस्था सम्मानित हुने ब्याक्ति समक्ष पुग्नुपर्ने हुन्छ ।

 

तर विडम्बना यो छ कि सम्मानित खेलाडि दिपक विष्टलाई कतारमा क्ष्ािुकाएर सम्मान गर्ने कार्यक्रम तय भएकोछ । यस्तो सोचाई राखेर नेपाली खेलाडि सम्मानको भोको छन् भनि देखाउन खोजिएको छ जसले गर्दा हाम्रा राष्ट्रिय खेलाडिको आत्मस्वाभिमानमा चोट पुग्न जानेकुरा निश्चित छ । एनआरएनए ले संस्थागत रुपमा सांच्चै दिपक विष्टलाई सम्मान गर्न चाहान्छभने सो सम्मान नेपाल भित्रनै हुनुपर्दछ र एनआरएनए को उच्च पदमा आसिन महानुभावहरुबाट हुनुपर्दछ । एनसिसि कतारको एकल निर्णयले गरिने सम्मानले एक असल खेलाडिलाई विवादको घेरामा तान्ने कदम मात्रहुनजान्छ । दिपक विष्टलाई विदेशमा बोलाएर सम्मान गिरंदा नेपाली खेलाडि सम्मान थाप्नको लागी कति मरिहत्ते गर्छन भन्ने गलत समाचार प्रवाह हुन्छ । कृपया यस्तो निर्णय लिनभन्दा अगाडि नेपाली समाजका दुई चार कक्षा पढेलेखेका नेपाली साथीभाई हरुलाई सोधेर गर्दा उहांहरुले राम्रो निर्णय दिन सक्नुहुन्थ्यो ।

 

म मात्रै जान्ने सुन्नेहुं भनेर गरिने निर्णय अति अनुत्पादक हुन्छन् । आर्को अति नै महत्यपूर्ण कुरा भनेको दिपक विष्ट नेपाल सरकार खेलकुद मन्त्रालय तथा राष्ट्रिय टेक्वान्डो संघ संग आवद्ध हुनुहुन्छ के एनसिसि कतारले नेपाल सरकार खेलकुद मन्त्रालय र राष्ट्रिय टेक्वान्डो संघलाई दिपक विष्टलाई सम्मान गरिने कुरा लिखित रुपमा जानकारी गरायो तरु कुनैपनि राष्ट्रिय ब्याक्ति भनेको सो देशको गहनाहुन र सो देशको अगि्रम स्विकृती बिना एनसिसि कतारले कसरी यस्तो अबैधानिक कदम उठाउन सक्यो रु एनसिसि कतार नेपालको कुनैपनि सरकारी निकायमा कानुनत दर्ता भएको संस्थाहैन र यो संस्थाको नेपालमा कुनैपनि कानुनी हैसियतपनि छैन । एनआरएनए एक कानुनी संस्था हुन सक्छ तर एनसिसि कतार आफैमा एक कानुनी रुपमा विधिबत दर्ता भएको संस्थाहैन ।

 

यसरी कुनैपनि कानुनी हैसियत नभएको संस्थाले नेपाल सरकारको पूर्व स्विकृती नलिएर कसरी दिपक विष्ट जस्तो सम्मानित खेलाडिलाई सम्मान गर्ने जस्तो कुरा असाध्यै सस्तो तवरले गर्यो रु यस्तो कदम सम्मान हुनजान्छ कि अपमान रु यसको उत्तर को संग छ रु सम्मानित राष्ट्रिय खेलाडिलाई सम्मान गरिनु कुनै चानचुने कुराहैन र यसलाई कसैको फगत लहडको रुपमा लिनुहुन्न । यस्तो प्रकारको सल्लाह एनसिसि कतारलाई कस्ले दियो रु यस्तो गलत सल्लाह दिने सल्लाहाकार समितीको अस्तित्व के हुने रु साथै नेपाली श्रमिकहरुलाई दूस्खदिने ५।६ महिनासम्म तलब नदिएर रोकिदिने तथा नेपाली दुतवासले बेलाबेलामा ताकेता गरेका नेपाली ब्याब्यसायीहरुबाट हुने सम्मान के यर्थाथमा नेपाली आप्रवासी मजदुरहरुको तर्फबाट सम्मान हुनजान्छ त साथै अत्यन्त बिबादास्पद कुरो त यो छ कि एनसिसि कतारले सम्मान कार्यक्रम हुनुपूर्व कतारमा कार्यरत विभिन्न नागरिकहरु बाट आर्थिक चन्दा संकलन गरेको कुरा सो संस्थाले प्रकासित गरेको प्रेस विज्ञप्तीमा उल्लेख छ । आजसम्म कतारमा भएको कुनैपनि सांस्कृतिक कार्यक्रममा यसरी चन्दा संकलन नगरिएको र एनसिसि कतारले कतारकै ईतिहांसमा पहिलो चोटी यस्तो नकाम गरेको कुराले सम्पूर्ण कतारवासी नेपाली नागरिकहरुलाई आश्चर्य बनाएको छ । सबैलाई थाहाभएकै विषय हो कि कतारमा चन्दा संकलन गर्नु कानुनी रुपमा अपराध मानिन्छ ।

 

कतार सरकार र यहांको ग्रुहमन्त्रालयको स्विकृती बिना गरिएको सो चन्दा संकलन कार्यक्रम आफैमा अवैधानिक र कतार सरकारको कानुनको पूर्ण उलंघन गरेको छ । एनसिसि को यस कदमले कतार सरकार तथा नेपाल सरकार नेपाली संघ संस्थाहरु र नेपाली नियोगको आपसी सम्बन्धमा समेत आंच आंउनसक्ने प्रबल संभावनाछ । यसरी चन्दा संकलन गरी नेपाली राष्ट्रिय खेलाडिको सम्मान गरिनु के सांच्चै सम्मान होकि अपमान हो । एनसिसि कतारले बुक्ष्ाु्नुपर्ने विषय यो होकि हामी नेपालीको राष्ट्रिय सम्पती दिपक विष्टलाई सम्मान गर्नको लागी हामीले चन्दा संकलन गर्नु जरुरी छैन । यसरी सम्मान प्रकट हुदैन । यो त हाम्रो राष्ट्रिय खेलाडिको घोर अपमानको कदमहो । हाम्रा खेलाडिहरु यस्ता विवादास्पद सम्मान ग्रहण गर्दैनन् । हाम्रा खेलाडिहरु हाम्रो चिनोहो । दक्षिण एसियाकै महान टेक्वान्डो खेलाडि दिपक विष्टलाई हामी सम्मानका साथ सो एनसिसि कतार ले गर्ने भनिएको विवादास्पद सम्मान बहिष्कार गर्न अनुरोध गर्दछौं ।

 

यसरी कतार एनसिसि आफैले विवाद शुरु गरेको छ । समाधानको उपायपनि एनसिसि कतार संग हुनुपर्दछ । तर हामीलाई थाहा छ उहांहरुको सोचाईको अनुसार उहांहरु भन्दा जान्ने सुन्ने यो दुनियांमा आर्को पैदा भएको छैन ।