दुर्गा बक्स गण सुनाचुरी मकवानपुरमा कार्यरत नेपाली सेनाका सिपाहीले आफ्नो प्रेम प्रस्ताव अस्वीकार गरेको झोंकमा एक युवतीको हत्या गरी आफुले पनि आत्महत्या गरेका छन् ।
प्रेम प्रस्ताव राख्दा अस्वीकार गरेको भन्दै सिपाही राजकुमार न्यौपानेले दोलखा बाबरे ५ की सन्ध्या पाण्डेलाई छुरा प्रहार गरी हत्या गरेका हुन् । मध्यपुरठिमी ३ नयाँठिमीमा डेरा गरी बस्ने पाण्डेको कोठामा हत्या गरी न्यौपानेले पनि उक्त कोठामै झुण्डिएर आत्महत्या गरेको प्रहरी प्रधान कार्यालयको बुलेटिनमा उल्लेख छ ।
कोठाबाट न्यौपानले लेखेको सुसाइट नोट समेत भेटिएको छ । सुसाइट नोटमा प्रेम प्रस्ताव अस्वीकार गरेकोले हत्या गरिएको प्रहरीले जनाएको छ । बुलेटिनमा उल्लेख भए अनुसार पाण्डे मिनभवन क्याम्पसमा बिबिएसमा अध्ययनरत थिइन् ।
पुस १३ गते राति पौने ९ बजे उक्त डेरा कोठामा झुण्डिएर मृत्यु भएको अवस्थामा प्रहरीले फेला पारेको थियो । घटनास्थलमा १ थान चक्कु समेत फेला परेको थियो



