बजाङको व्यासी गाविस�१ मा बालुवाको ढिस्कोमा पुरिएर पाँच जनाको मृत्यु भएको छ। ढिस्कोले पुरिएर अन्य तीन जना घाइते भएका छन्। घर निर्माणमा प्रयोग गर्नका लागि बालुवा लिन गएका कडेल गाविस �३ चक्र सार्की, दिपक सार्की, कौशिल्या सार्की, चिज देवी केसी र बसन्ती सार्कीको ढिस्कोले पुरिएर मृत्यु भएको हो।
त्यस्तै, ढिस्कोले पुरिएर घाइते हुनेमा मनु सार्की, जुना सार्की र उजेली देवी सार्कीको व्यासीस्थित उप�स्वाथ्यचौकीमा उपचार भइरहेको छ। घटनास्थल सदरमुकाम चैनपुरबाट एक दिनको पैदल दुरीमा रहेको छ।