काठमाडौ – धनकुटा हात्तीखर्क ७ फलैचामा गएराती ट्याक्टर दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ भने गएराति नवलपरासीमा भएको छुट्टाछुट्टै सवारि दुर्घटनामा परि ७ जना घाईते भएका छन् । घाईतेमध्ये चारजनाको अवस्था गम्भिर रहेकोछ ।
हिलेबाट सिधुवा गइरहेको को १ त ६५६५ नं.को ट्याक्कटर बढी गतिका कारण अचानक अनियन्त्रित भई सडकबाट १० मिटर बायाँ गई पल्टिँदा भुकेश भजेलको घटनास्थलमै ज्यान गएको जिल्ला ट्राफिक प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।
ट्याक्टरमा सवार धनकुटा तानखुवा गा.वि.स.१ बस्ने वर्ष २७ को भुजेललाई सोही ट्याक्टरले किचेर घटनास्थलमै ज्यान गएको ट्राफिक प्रहरीले वताएको छ । ट्याक्टर प्रहरीको नियन्त्रण रहेको छ भने चालक फरार रहेका छन् ।
त्यसैगरी गएराति नवलपरासीमा भएको छुट्टाछुट्टै सवारि दुर्घटनामा परि ७ जना घाईते भएका छन् । घाईतेमध्ये चारजनाको अवस्था गम्भिर रहेको छ ।
राति १ बजेको समयमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको भारतीय नम्बरको ट्रक र सोही दिशाबाट जाँदै गरेको अर्को ना २ ख ९६९३ नम्बरको ट्रक पूर्वपश्चिम राजमार्ग अन्तर्गत नवलपरासीको स्वाठी ५ वनकट्टीमा एक आपसमा ठोकिकदा ट्रकका चालक र खलासी गम्भिर घाइते भएका छन् । गम्भिर घाईते खलासी बारा जिल्ला सिमरा बस्ने वर्ष १३ को नवराज पनेरु रहेको तर ट्रक चालकको नाम र ठेगाना खुल्न सकेको छैन ।
यसैबीच विग्रेर सुनवल ४ रमवापुरमा रोकि राखेको ट्रालीमा सर्खेत बाट विरगंज तर्फ जादै गरेको ना २ ख ३८४८ नम्बरको बसले पछाडिबाट ठक्कर दिदा बसमा सवार ५ जना घाईते भएका छन् । घाइतेमध्ये २ जनाको अवस्था गम्भिर रहेको छ । गम्भिर घाइतेमध्ये पर्सा जिल्ला जगन्नाथपुर निवासी १५ वर्षका कुलत मियाको मात्र परिचय खुल्न सकेको छ । घाईते सबैको लुम्बिनी अञ्चल अस्पताल बुटवलमा उपचार भइरहेको नवलपरासी प्रहरीले जनाएको छ ।