विचार-मञ्च: हामी किन गरिब छौँ ?

मुलुकमा माओवादी विद्रोह सुरू भएको एक दशक र त्यो विद्रोहलाई शान्ति प्रक्रियामा अवतरण गर्दै गणतन्त्र स्थापना भइसकेको छ । ऐतिहासिक संविधानसभाको निर्वाचन सम्पन्न गरिसक्दा पनि हामी केवल अस्थिरताबाटै गुजि्ररहेका छौं । शान्ति प्रक्रियालाई तार्किक निष्कर्षमा पुर्‍याउनु र नयाँ संविधान निर्माण गर्नु वर्तमान आवश्यकता एकातिर छ भने अर्कोतिर अवरूद्ध भएको विकास र सर्वसाधारण जनताको बिगि्रएको अवस्थालाई सुधार्ने चुनौती छ । द्वन्द्वले मुलुकमा बढाएको गरिबी, बेरोजगारी, महँगी र असुरक्षाले जनताको अवस्था दिनानुदिन खस्कँदो छ । यता शान्ति र लोकतन्त्रको पुनः स्थापनापछि जनताका आकाङ्क्षा हृवात्तै बढेका छन् । जनताका यी अपेक्षालाई पूरा गर्न आर्थिक विकासका उपाय अपनाउनुको विकल्प राज्यका अगाडि छैन । द्वन्द्वको अवधिमा राज्यको
सामाजिक-आर्थिक रूपान्तरणसँगै कहिल्यै पर्न सकेन नत गरिबीको चपेटामा परेका जनताको विषयमा कुनै सुनुवाई भयो । सत्ता प्राप्तिकै छिनाझम्टीमा व्यस्त छन् दलका नेता । यसै सन्दर्भमा युवामञ्चले विभिन्न क्षेत्र, व्यवसाय र पेसासँग सम्बद्ध व्यक्तित्वलाई जिज्ञासा राखेको थियो -‘हामी किन गरिब छौं ? त्रुटि कहाँ छ ? यसको जिम्मेवार को हो ? गरिबी र अस्थिरताको चपेटाबाट हामी कसरीमाथि आउन सक्छौं ?’प्रस्तुत छ उहाँहरूको विचारको सार-
हृदयेश त्रिपाठी
नेता तराई मधेश लोकतान्त्रिक पार्टी
सीधा कुरा के छ भने जुन गरिबी निवारणका लागि जे जति रणनीति, योजना तथा कार्यक्रम छन् ती आफैँमा गरिब छन् । गरिबीको पहिचान जुन किसिमले हुनुपर्ने हो त्यो हामीले येथेष्ट रूपमा गर्न सकेका छैनौं । अहिलेको सन्दर्भमा गरिबी भन्ने शब्द त विज्ञापन भएको छ । यसलाई घटाउनेभन्दा पनि बढाउने काम भइरहेको छ । देश आफैँमा गरिब होइन गरिब बनाइएको हो । यसमा राजनीतिक प्रतिबद्धताको अभाव छ । एकथरीले भूमि वितरण गरियो भने गरिबी हट्छ भन्छन् अर्काथरीले रोजगारी दिएर हुन्छ भन्छन् यहाँ केवल दृष्टिकोणको अभाव छ । देशको वर्तमान अवस्था लथालिङ्ग देखिए पनि राम्रोसँग सम्हाल्न चाहने प्रतिबद्धता नेतृत्व वर्गको भित्री मनदेखि आउने हो भने राम्रो हुन सक्छ । यसका लागि राजनीतिक र आर्थिक अनुशासनको पद्धतिमा देशलाई डोर्‍याउनु पर्दछ । देशको अवस्था बिगि्रसकेको छैन, आशा गर्ने ठाउँ प्रशस्तै छन् तर यसका लागि आवश्यक माहौल राजनीतिक दल र त्यसको नेतृत्वले बनाउनुपर्दछ ।
 
खगेन्द्र सङ्ग्रौला
लेखक
नेपाल भगवान्मा आश्रति कृषि अर्थतन्त्र र औद्योगीकरण नभएको देश हो । त्यसैले यस्तो देशमा गरिबी र अभाव हुनु स्वभाविक हो । अहिलेको निरङ्कुश बजार अर्थतन्त्रले मुठ्ठीभर मानिसलाई धनी बनाउने र बहुसङ्ख्यक मानिसहरूलाई गरिबीको दलदलमा लैजाने कार्यमात्र गरिरहेको छ । यो समस्या मूलतः ऐतिहासिक भएकाले प्राविधिक पछौटेपन पनि अर्को कारण हो । यो अवस्था आउनुमा केन्दि्रकृत सरकारका स्वार्थी सञ्चालक बढी जिम्मेवारी छन् । यसको समाधान गर्ने त हामी मानव जातिले नै हो अन्य कुनै अदृश्य शक्तिले यसको समाधान गर्ने छैन । यसबाट माथि आउन औद्योगीकरणमा जोड दिने, रोजगारीका ढोका खोल्ने, नागरिकलाई सीप सिकाउने गर्नुपर्दछ । उत्पादन र वितरण प्रणालीमा जनमुखी हुन अत्यावश्यक छ । सामन्ती समाजका मानिस शारीरिक श्रमलाई अपमान ठान्छन् तर विदेशमा गएर जे पनि गर्छन् । त्यसैले कुनै पनि श्रम गर्दा सानो भइँदैन भन्ने संस्कृतिको विकास गर्नुपर्छ ।
किशोर नेपाल
पत्रकार
यसका लागि सबैभन्दा पहिले त हाम्रो सामाजिक मान्यतामा त्रुटि छ ।
सामाजिक संस्कारका हिसाबले विभिन्न वर्गको निर्माणले गर्दा असन्तुलन पैदा भएको हो । लगानीको विविधता देखिएन, जसले गर्दा सहरमा सम्पत्ति थुप्रने र गाउँमा विपन्नता बढ्ने भइरहृयो । यो अवस्था आउन हामी सबै दोषी छौं । पटक-पटक सङ्कल्प लिने तर काम पटक्कै नगर्ने आजको मनोवृत्ति दोषी छ यो अवस्था आउनुमा । परिवर्तनलाई स्थापित गर्नेतिर लागिएन केबल आ