बुटवलमा पेस्तोल देखाएर साँढे २९ लाख रुपियाँ लुटियो

शेरबहादुर केसी,

 

बुटवल – बुटवलको अमरपथस्थित लक्ष्मी ब्याङ्कको गेटबाट साँढे २९ लाख रुपियाँ लुटिएको छ। जम्मा गर्न लगिँदै गरेको उक्त रकम कालो स्पिलिण्डर मोटरसाइकल चढेर आएका दुई जनाले पेस्तोल देखाएर लुटेका थिए।

 

उक्त रकम औद्योगिक समूह गोयन्का ग्रुपका कर्मचारी सन्दीप शर्माले जम्मा गर्न ल्याएका थिए।

 

अहिले प्रहरीले व्यापक चेकजाँच सुरु गरेको छ। पैसाको ब्याग लुटेलगत्तै लुटेराहरु सोही मोटरसाइकलमा भागेका थिए।

अन्य समाचारहरु