नयाँवर्ष मनाउने क्रममा अत्यधिक मदिरा सेवन बाट २ नेपालीको मलेसियामा मृत्‍यु /मेडिकल फेल भएपछी १ नेपाली घर फर्के

योगेन्द्र वियोगी”हिमाल”


-केलांग- बैदेशिक रोजगारीको सिलसिलामा मलेसियामा आएका २ नेपालीको नयाँसाल मनाउने क्रममा मृत्‍यु भएको छ । मृत्‍यु हुने ति २ नेपाली एक जना तमाङ र अर्को एक जना मगर समुदायका हुन । उनिहरुको नेपालको घर ठेगाना खुल्न सकेको छैन । २०१० लाई बिदै र २०११ लाई स्वागत गर्ने भन्दै उनिहरु कार्यरत कम्पनीकै क्याम्पमा रहेको कोठामा मनोरन्जनका लागि अत्यधिक मदिरा सेवान गर्नाले मृत्‍यु भएको मलेसिया बाट अर्घाखाँची टाईम्सको यूएई कार्यालयमा प्राप्त समाचारमा जनाईएको छ ।


चिसो मौसमका कारण शरीरमा राम्रो सँग रत्तसन्चार प्रकृयाले गती नपाउने अवस्थामा अत्यधिक मदिरा सेवन गर्नाले हृदयघात हुने गर्छ । ति मृतक २ नेपालीको पनि मृत्‍यु ह्रदयघात बाट भएको हो भने हृदयघात अत्यधिक मधिरा सेवन बाट हुन पुगेको अस्पातल स्रोतले बताएको छ । यस् सम्बन्धी पूर्ण विवरण हामीलाई प्राप्त हुन साथ प्रकाशन गर्ने छौ ।


यसैबिच आज भन्दा १ महिना अगाडी काठमाडौं स्थित लक्की मेनपावरबाट मलेसिया आइपुगेका बिरमान तामांग आएको पहिलो चोटिको मेडिकल चेकअफमा नै अनफिट भई यहि २८-१२-२०१० तारिक को दिन स्वदेश फर्किसकेका छन् । निज बिरमान तामांग मलेसिया स्थित केलांग राज्यमा कार्यरत रहेको उनका दाई प्रतिमान तामांगले जानकारी दिएका हुन् । निज तामांग ओखलढुंगा जिल्ला सिरिचौर गा:बि: स: वार्ड न:८ निबासी हुन् ।