नवलपरासीबाट भैरहवा जाँदै गरेको ट्रकले ठक्कर दिँदा २० वर्षीय युवतीको घटनास्थलमै मृत्यु

परासी – संचारमाध्यमहरुले जनाए अनुसार  नवलपरासीको सदरमुकाम परासीबाट भैरहवातर्फ जाँदै गरेको ट्रकले नवलपरासीको हकुईमा आज अपराहृन  एक युवतीलाई ठक्कर दिँदा युवतीको  घटनास्थलमै मृत्यु भएको छ ।

परासीबाट भैरहवातर्फ जाँदै गरेको ना३ख ९९७८ नंको ट्रकले परासी-भैरहवा सडकखण्ड अन्तर्गत हकुई-३, हकुई चोकमा स्थानीय २० वर्षीय दिपावती यादवलाई ठक्कर दिँदा उनको मृत्यु भएको हो ।

ठक्कर दिने ट्रक र ट्रकका चालकलाई अहिले प्रहरी नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ ।


यसैबीच सोही विषयलाई लिएर मृतकका आफन्त र स्थानीयवासीले अहिले परासी-भैरहवा सडकखण्ड अवरुद्ध गराइरहेका छन् भने बाटो सुचारु गर्न स्थानीयवासी र प्रहरीबीच वार्ता भइरहेको छ ।

अन्य समाचारहरु