काठमाडौमा पानी ट्याङकर पल्टिएर किच्दा एक प्रहरी जवानको मृत्यु/लमजुङको हिलेटक्सारमा शिकार खेल्नेक्रममा भरुवा बन्दुक पड्केर एक युवकको मृत्यु

काठमाडौ  – संचारमाध्यमहरुले जनाए अनुसार राजधानीको रामशाह पथमा मंगलबार बिहान पानी ट्याङकर पल्टिएर किच्दा एक प्रहरी जवानको मृत्यु भएको र एक जना घाइते भएका छन् ।

 

मृत्यु हुने प्रहरी प्रधान कार्यालय अनुसन्धान विभागमा दरवन्दी रहेका प्रहरी जवान सानुभाइ खत्री रहेका छन् भने काभ्रेका रहरसिंह लामा घाइते भएका हुन् । ट्याङ्करका चालक र सहचालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

 

 





 

लमजुङको हिलेटक्सारमा शिकार खेल्नेक्रममा भरुवा बन्दुक पड्केर एक युवकको मृत्यु

 

लमजुङ –  प्राप्त समाचार अनुसार लमजुङको हिलेटक्सार गाविसको चितुवा वनमा गएराति शिकार खेल्नेक्रममा भरुवा बन्दुक पड्केर एक युवकको मृत्यु गएको छ ।


हिलेटक्सार गाविस-९, सालडाँडाका २२ वर्षीय पूर्णबहादुर थापामगरको भरुवा बन्दुकको गोली लागेर मृत्यु भएको हो ।
गाउँकै चितुवा जङ्गलमा गएराति आफ्नै साथीले चलाएको गोली लागेर थापामगरको मुत्यु भएको जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएको छ ।


शिकार खेल्न गएकामध्ये अन्य तीनजनाले घाइतेलाई उपचारका लागि  जिल्ला सामुदायिक अस्पताल बेसीशहरमा ल्याउँदै गर्दा बाटोमा नै उनको मृत्यु भएको हो ।


उनीसँगै शिकार खेल्न गएका स्थानीय कृष्णबहादुर भण्डारी, ओमबहादुर भण्डारी र ओमराज खड्कालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।


जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक आनन्दमणि लामिछानेको नेतृत्वमा खटिएको प्रहरी टोलीले घटनास्थलको निरीक्षण गरी बन्दुक बरामद गरी फर्किएको प्रहरी नायब उपरीक्षक सन्दिप भण्डारीले जानकारी दिनुभयो ।


प्रहरी नियन्त्रणमा रहेका अन्य तीनजनाले कालिजको शिकारका लागि रुखमा चडेका थापामगरलाई रुखको फेदबाट बन्दुक पुग्न दिनेक्रममा बन्दुक पड्किएको बयान दिएका छन् ।

अन्य समाचारहरु