बाजुरा – प्राप्त समाचार अनुसार शिक्षाका लागि खाद्य कार्यक्रम अन्तरगत वितरण पौष्टिक आहार अर्थात लिटो खाँदा एकै विद्यालयका ५० जना विद्यार्थी विरामी परेका छन् ।
शिक्षाका लागि खाद्य कार्यक्रमले वितरण गरेको पौष्टिक आहार खाँदा गुदुखाती १ टुनिसैनमा रहेको त्रिवेणी प्राविका ५० जना विद्यार्थीहरु विरामी परेका हुन् ।
विरामी विद्यार्थीहरु मध्ये बढीलाई झाडापखाला भएको बुझिएको छ । विरामी परेका विद्यार्थीहरु विद्यालय आउन छोडेपछि पठन पाठन गर्न समेत समस्या परेको विद्यालयले जनाएको छ ।
स्वादनै हराएको सडेको पिठो खाँदा गुदुखातीका अन्य विद्यालयमा पनि विद्यार्थीहरु विरामी पर्ने थालेको बताइएको छ ।
शिक्षाका लागि खाद्य कार्यक्रमका जिल्ला प्रमुख तेज बहादुर बलले भने आवश्यक छानबिनका लागि तत्काल पहल गर्ने बताउनु भएको छ ।