श्रमिक सफलताको मुल मन्त्र

– तारा मंगोल

प्रसिडेन्ट श्रमिक ग्रुप अफ कम्पनीज

 

पसिनाको खानाले अपार सन्तुष्टि प्रदान गर्दछ । आफ्नै श्रममा रमाउनेहरु अरु कसैको लोभ गर्दैनन् न त कसैको भरमा बांचेका हुन्छन् । वास्तबमा भन्नेहो भने आत्मस्वाबलम्बीहरु ज्ााे आफ्नो रगत पसिना र मेहनतमा बांच्दछन् उनीहरुलाई नै श्रमिक वा मजदुर भनिन्छ । श्रमिकहरुमा एक अचम्मको तागत हुन्छ । ईतिहांसको कुनै कालखण्डमा श्रमिकहरु राज्यसत्ता परिवर्तन गर्न सक्ने एक बलियो आधारको रुपमा खडा थिए । ठुला ठुला तानाशाहहरु पनि श्रमिकहरु देखी डराउने गर्थे । अक्ष्ाुै पनि श्रमिक एकतामा साह्रै बलियो तागत छ । यो सदैव रहिरहनेछ कालान्तरसम्मपनि । बर्तमान अवस्थामा पनि श्रमिक एकता देखी सरकारका ताला चाबी हातमा लिएका सत्ताधारीहरु तस्रने गर्दछन् । त्यसैले त श्रमिकहरुमा एकता नहोस भन्नाको खातिर श्रमिकहरु बीचमा गुटफुट पारीदिने लडाई क्ष्ाुगडाको बीउ रोपीदिने तथा विभिन्नबादको नाममा श्रमिकहरुको बीचमा ठुला ठुला पर्खाल खडा गरिदिने तत्वहरु सकि्रय छन् ।

 

तरपनि दोषजति अरुलाई दिएर श्रमिकहरु निर्दोष देखिन खोजेर हाम्रा समस्याहरु समाधान हुन सक्दैनन् । हामीहरु सांच्चै नै परिवर्तन चाहान्छौं र हाम्रो जीवनलाई सफल तुल्याउन चाहान्छौं वा हाम्रा सन्ततीहरुको उज्वल भविष्यको कामना गर्दछौ वा समाज वा देश परिवर्तनका कुराहरु गर्दछौं भने हामी आफैमा परिवर्तन ल्याउन जरुरीछ । हाम्रा सोचाईहरु हाम्रा नजरहरु हाम्रा तौरतरिकाहरु र हाम्रा बानी ब्यहोराहरुमा आमुल परिवर्तन नल्याई नत हाम्रो जीवन परिवर्तन हुन सक्छ नत हामीले हाम्रा सन्ततीका लागी वा समाज र देशको लागी वा हाम्रा समुदायको लागी केहि गर्न सक्छौं । त्यसैले परिवर्तन शुरु गर्नुपर्छ आफैबाट ।

 

हुनत समाजमा धेरै प्रकारका श्रमिकहरु हुन्छन् । सबै श्रमिकहरुको कमाई एकै प्रकारको हुन्छ वा समान कमाई हुन्छ भन्ने छैन । अति दक्ष श्रमिक दक्ष श्रमिक अर्धदक्ष श्रमिक तथा अदक्ष श्रमिक गरि शीपको हिसाबमा श्रमिकहरु मुख्यतया चार प्रकारका हुन्छन् । विश्यविद्यालयको डिग्री हासिल गरेका हातमा उच्चस्तरीय शीप भएका तथा अन्य प्रकारका श्रमिकहरु उत्पादन गर्नसक्ने हैसियत राख्ने श्रमिकहरु अति दक्षको समुहमा पर्दछन् । दक्ष श्रमिकहरु आजको विश्यसुहाउदो शीपभएकाहरु हुन् भने अर्धदक्ष श्रमिकहरुमा सामान्य प्रकारको शीपहुने गर्दछ वा सिकाईका हिसाबले छिटो र सजिलै संग सिक्न सकिने शीप भएका श्रमिकहरु लाई नै अर्धदक्ष श्रमिक भनिन्छ । अदक्ष श्रमिकहरुमा कुनै प्रकारको शीप हुदैन र यस्ता श्रमिकहरु भैपरी आउने कुनैपनि कामको लागी सहयोगी कामदारको रुपमा प्रयोग हुन्छन् । त्यसैले काम शीप र शिक्षा आर्जनको हिसाबले श्रमिकहरुको तलबमान पारिश्रमिक र कमाईमा फरक हुन्छ नै । तर पनि हरेक प्रकारका श्रमिकहरुमा परिवर्तन खांचो छ । हामीहरु आफै परिवर्तनको लागी सदैब तैयार रहनुपर्छ ।

 

अधिकांश श्रमिकहरुको कमाई अत्यन्त न्यून हुन्छ । कतारको मानेमा भन्नेहो भने त नेपाली श्रमिकहरुको पारिश्रमिक केबल नाममात्रको हो । हामीले गर्नेकामको तुलनामा हाम्रो तलबमान अति नै कम हो । यसको अर्थहो हामीले हाम्रो रगत बेचेर तलब लिने गरेका छौं । यही सानो तलबमा पनि हामीले धेरै आबस्यकताहरु पुरा गर्नुछ । सर्बप्रथमत हामीलाई प्राप्तहुने सानो तलबबाट कसरी बढी बचत गर्न सकिन्छ भन्ने नै हाम्रो पहिलो सोच हुन जरुरीछ । सानो तलबको सक्दो बचत गर्नको लागी हामीले खर्च घटाउनु आबस्यकछ । खर्च घटाउनको लागी हामीले आबस्यकताहरु पनि घटाउनु पर्दछ । मानव आबस्यकताहरु असिमित हुन्छन् र सम्पूर्ण आबस्यकताहरु पूर्ती गर्न पनि सकिदैन र गर्नैपर्छ भन्ने पनि छैन । आबस्यकताहरुको औचित्य र महत्य ले मात्र कुन आबस्यकता नं एक हो र कुन आबस्यकता नं दुई हो भनि निक्र्योल गनुपर्दछ । कुन आबस्यकता बर्तमानमा पुरा गर्नुपर्नेहो र कुन आबस्यकता भविष्यमा पुरा गर्दा पनि हुनेहो भन्ने जानकारी हामीमा हुनुपर्दछ । आबस्यकताहरुको प्राथमिकता छनौट गर्न सक्नु र खर्चको बुद्धिमानी ब्याब्यस्थापन गर्नसक्नु एक परिश्रमी मजदुरको कर्तब्यहुन आउछ ।

 

आफुले खरिद गर्न लागेको बस्तु वा सेवाको बारेमा साधारण जानकारी हुन अति आबस्यकछ । सो बस्तुको वास्तविक बजार भाउ कति हो भन्ने बारे सो बस्तुको तौल यसलाई प्रयोगमा ल्याउन सकिने मिती सो बस्तु खरिदगर्दा कति सम्म भाउमा हेरफेर गर्न सकिन्छ भन्ने बारेमा जानकार हुन अति आबस्यकछ । यस्तो बस्तु छैन यो संसारमा जसको बजार भाउ फिक्स्ड होस । हरेक बस्तुहरुको बजारभाउ तलमाथी हुन सक्छ । बजारमा उपलब्ध बस्तुमा टांगिएको स्टिकरको मुल्य सहि मुल्य हैन यो मुल्यभन्दा तल सो बस्तु बेच्दापनि कारोबारीलाई फाईदानै हुन्छ । तपाई प्रयास गर्नोस कि सो सामानको कभरमा टंागिएको स्टिकरभन्दा कति तल सम्म सो सामान खरिद गर्न सकिन्छ । तपाई जुन सामान किन्न लाग्दै हुनुहुन्छ सो सामानको कुनै बैकल्पिक सामान छ कि भन्ने बारेमा पनि तपाईमा जानकारी हुन जरुरीछ । साथै सो सामान खासा हो कि नक्कली हो भन्ने कुराको हेक्का राख्नु तपाईको कर्तब्यपनि हो । विभिन्न लटरी राफल ड्र वा पुरस्कारको लोभमा सामान खरिद गर्नु बेकारमा पैसाको बरबादी गर्नुहो । मेहनेती मजदुरहरु सित्तैमा हात्ती पाएपनि नलिने आत्मस्वाभिमानी हुन्छन् । यस्ता स्वाभिमानीहरु गर्वलाग्दो जीवन जिउने गर्छन । यस्ता स्वाभिमानी श्रमिकहरुको घर परिवार श्रीमति छोराछोरी नातागोता तथा छरछिमेकमा ठुलो ईज्जयत हुन्छ ।

 

देखासिकी नगर्नु एक असल र ईमान्दार श्रमिकको लागी नभई नहुने गुणहो । हुनेहरु हात्तीमाथी चढ्लान नहुनेहरु आफ्नै खुट्टामा हिड्नु महानहो । घरको धुरीमाथी चढेर अगाडि बढिदैन । नत कद नै उचो हुन्छ । आफ्नो कामप्रतिको ईमान्दारिता श्रमिकको लागी नभै नहुने आर्को गुणहो । पेशा प्रतिको उसको बफादारितालेनै उसलाई सफलताको शीखरमा चढाउछ । कडा मेहनत गर्ने बानी त श्रमिकमा हुनै पर्यो । ठग प्रवितिको मान्छेहरु सफल श्रमिक बन्न सक्दैनन् । यस्ता ठगहरुलाई नत निजले काम गर्ने कम्पनीमा न त उसका अन्य साथीभाई न त उ आफ्नै गांउघर न त उसको टोल समाजमा मन पराईन्छ ।

 

श्रमिक भन्ने शब्दले नै भन्दछ श्रमिकहरु परिश्रमी र मेहनती हुन्छन् । समयको बुद्धिमानी सदुपयोग गर्न जान्नु एक असल श्रमिकको सबैभन्दा महत्यपूर्ण कार्यहो । अल्छी कामचोर र ठग्ने श्रमिकहरुको जीवन कुनैपनि मानेमा सफल हुन सक्दैनन् । मान्छे प्यारो हुदैन काम प्यारो हुन्छ । राम्रो काम गर्ने मान्छेहरु नै पूज्य हुन्छन् । काम बिनाको माम खोज्नेहरु परिश्रमी हैनन् । शरीरमा आलस्य हुने दिलमा लोभ र पाप हुने दिमागमा नकरात्मक सोच हुने आंखामा गलत नजर हुने अरुको प्रगतीमा रीस गर्ने विभिन्न प्रकारका ब्यभिचार गर्न अगाडि सर्ने जुवा तांस रक्सी रण्डीबाजी गर्ने श्रमिकहरुको जीवन अति अंध्यारो दिक्दारी घृणीत र नरकजस्तै हुन्छ । यस्ता ब्याक्त्तिहरुको न त समाजमा ईज्जयत हुन्छ न त साथीभाईको समुहमा न त घरपरिवारमा नै ।

 

परिश्रमको कडा तपस्यामा उत्तिर्ण श्रमिकहरुको नाम सुन्दामात्रपनि तानाशाह प्रवृतीको मान्छेहरु डरले थरथर कांप्छन् । भ्रष्टचारी कालाबजारिया ठगी दलाली तस्करी आदिहरु श्रमिक भन्ने शब्दलेमात्र पनि मनोबैज्ञानिक रुपमा थर्कमान हुन्छन् । श्रमिकले हार्नुपर्यो भने एउटा जीवन हार्छ भने यिनीहरुले हार्दा त यिनीहरुको सारा संसार डुब्छ । अब भन्नुहोस के होला साराका सारा श्रमिकहरुमा अपार एकता भयो भने । त्यसैले त श्रमिक एकताको आबस्यकता जहिले पनि एक अपरिहार्य लक्ष्यहो । मानौं तपाईलाई कुनै दलालले भिसा पठायो र कतार ल्यायो । तपाईबाट उक्त्त दलालले अतिनै ठुलो रकम असुली गर्यो । याहां तपाईलाई न त भने जस्तो काम दियो न त तलबमान नै । उल्टो तपाईलाई तीन चार कम्पनीहरुमा बेचिरहेको छ । अब तपाई चुप लागेर नबस्नुहोस । तपाई अगाडि आउनुहोस । नेपाली समाज छ । हाम्रो नियोग छ । श्रमिकहरुको संस्था छ । प्रहरी प्रसासन छ । सरकार छ र कानुन छ । रेडियो टेलिभिजन पत्रकारहरु छन् । लड्नुहोस तपाईको हक हित र अधिकारको लागी । तपाई कसैसंग डराएर बस्नु पर्दैन । मनलाई बलियो बनाउनुहोस । छांती फुलाउनुहोस । प्रस्फुटन हुनुहोस आम श्रमिकहरुको अगाडि । जब तपाई अगाडि आउनुहुन्छ तपाईको त्यो दलालको निदहराम हुन थाल्छ भोकप्यास हराउनथाल्छ । उसमा छट्पटी शुरुहुन्छ । उसको पराजय तपाईले कानुनी लडाई शुरुगर्नुभन्दा पहिल्यै नै भैसकेको हुन्छ । संसारलाई दिल खोलेर भन्नोस कि तपाईको त्यो तस्करले तपाईलाई कसरी ठग्यो । तपाई यस्तो नठान्नोस कि त्यो दलालको कुनै ठुला दलका नेता&#2361