ओमनमा मृत्‍यु भएका नेपालीको शब साउदी हुँदै नेपाल पुग्न ढिलाई/ओमनमा दुतावास नहुँदा समस्या झन जटिल बन्दै

शालिक राम आचार्य
 
अखाँटा-यूएई डेस्क-ओमान-मस्कट ५ जनवरी २०११, ओमनमा गत महिना मृत्‍युहुन पुगेका एक नेपालीको शब स्वदेश पठाउन ढिलाई भएको महसुश चौतर्फी गरिएको छ।यधपी ढिला गरी भएपनी शब नेपाल पुग्नलागेको खबर ओमन बाट प्राप्त समाचारमा जनाइएको छ ।


गत सालको अन्तिम महिना डिसेम्बरको १९ तारिख अचानक ज्यान गुमाएका राप्ती अञ्चल दागं घर भई ओमान सरकार द्वारा सन्चालित कम्पनी दिवान मा कार्यरत नेपाली कामदार रामशरण चौधरीको शब जनवरी ६ मा साउदीअरब देखी देखी नेपाल पठाइने भएको छ ।


आज १८ दिन भयो मृतकको शब ओमन र साउदीको प्रदेशी भुमीमा रहेको।ओमनमा भएको मृतकको शब किन साउदी अरबमा पुग्यो त?जिज्ञासा मेटाउदै ओमन बाट समाजसेवी शालिकराम आचार्यले अर्घाखाँची टाईम्स स्रोत लाई भने ‘ओमनमा नेपाल सरकारको कुनै कुटनैतीक निकाय वा राजदुतावास छैन’,दुतावास वा प्रतिनिधि मुलक सस्था ओमनमा नहुँदा सबै ओमनमा हुने सबै खालका गतिबिधी साउदी अरब स्थित नेपाली राजदुतावासले हेर्ने गर्छ। साउदी मै भएका नेपालीका समस्यालाई निराकरण गर्न भ्याई नभ्याइ हुने साउदी दुतावासले ओमनको रेखदेख सजिलै सँग गर्न त्यती सरल भने अबश्य छैन।


फेरी साउदी अरब मा रहेको नेपाली  राजदुताबासले ओमानको कामलाई धेरै चांशो नलिएको पनि खुलासा भएको छ ‘कारण १८ दिन अघी ज्यान गुमाएका एक नेपाली को शब अहिले सम्म नेपाल पुग्न सकेन समाचार स्रोत भन्छ। शबलाई नेपाल पठाउनको ब्यबस्था नहुँदा ओमानमा कार्यत नेपालीहरुको मन नेपाल सरकार प्रति खिन्न भएको छ।उनिहरु भन्छन के हामीहरु बाट नेपाल सरकारले मासिक रेमिट्यान्स पाएको छैन?होइन भने कुकुर बिरालो को मृत्‍यु जस्तो हामी नेपाली नागरिक यसरी बिदेशी भुमीमा ज्यान गुमाउदा सम्म नेपाल सरकार मौन किन छ?ओमन बासीको यो आवाज कस्ले सुनिदिने ओमन बाट प्राप्त समाचारमा उल्लेख गरिएको छ।


मृतक रामशरण ओमानमा सरकारी कम्पनीमा कार्यरत हुनाले उनको बिमा र बक्योउता तलब बापत गरि ५००० हजार ओमानी रियाल झन्डै १०,लाख नेपाली रुपैया पाउने ब्यबस्था मिलाउदै गरेको जानकारी गैर आवासीय नेपाली संघ,ओमानका अधक्ष्य टिका ढकाल ले जानकारी दिए।


साथै मृतकको परिवार लाई ओमान का सम्पूर्ण संघ-संस्थाहरुले समवेदना दिनुका साथै सक्दो रकम संकलन गरि परिवार लाई सुम्पुदिन सके मृतक मृतक चौधरीलाई सच्चा श्रदान्जली दिन सकेको हुने ओमान नेपाली एकता समाजका अधक्ष्य शोभाकान्त लामीछानेले जनाएका छन।साथै सोही रकम सकंलनका लागि जुट्न ओमनमा रहेका सम्पूर्ण नेपाली अपिल समेत गरिएको छ।


मृतकको शब नेपाल पठाउने काम चाडै होला भन्ने आस़मा बसेका ओमानका नेपालीहरु अहिले निराश भएका छन।कन्ट्रक्सन र सडकमा मज्दुरी गर्ने नेपाली काम्दार भन्छन-,’ओमान सरकार द्वारा संचालित कम्पनी जस्तो ठाउंमा काम गर्नेकोत यो गति भयो,भोली हामी माथि दैव लागे हामी आफ्नो दुखेसो पोख्न कहाँ जाने? ओमनमा कार्यरत ६० हजार नेपालीहरुको सामुहिक जिज्ञासा यही हो उनिहरु यस् बिषयमा गम्भिर छन ।खै कहिले हाम्रो नेपाल सरकारको आखा खुल्ने हो र ओमान मा नेपाली दुतावास स्थापना हुने हो?होइन भने यस्ता समस्या दोहोरि रहने छन।ओमन का समाचार तथा यहाँ घट्ने घटनालाई सम्बन्धित निकायको उपल्लो तहसम्म पुराएर सहयोग गरिदिनु हुन समेत त्यहा कार्यरत नेपाली कामदार हरुले संचार कर्मी र संचार माध्यमलाई आग्रह गरेका छन।