तराईका विभिन्न जिल्लामा केही दिनदेखि लागेको बाक्लो हुस्सु अझै केही साता रहने

तराईका विभिन्न जिल्लामा केही दिनदेखि लागेको बाक्लो हुस्सु अझै केही साता रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।केही दिनदेखि धनगढी, नेपालगन्ज, भैरहवा, सिमरा, जनकपुर र विराटनगरमा बिहानैदेखि हुस्सु लाग्ने गरेको छ भने तापक्रममा समेत गिरावट आएको छ ।

                 चिसोका कारण तराईको जनजीवन प्रभावित भएको छ । सप्तरीमा एक जनाको ज्यान गइसकेको छ । महाशाखाका वरिष्ठ मौसमविद् राजेन्द्रप्रसाद श्रेष्ठले भारतको हरियाणादेखि बाक्लो हुस्सु र कुहिरो नेपालका सीमावर्ती क्षेत्रसम्म फैलिएको बताए । श्रेष्ठले भारतको राजधानी नयाँदिल्लीदेखि बंगलादेशसम्म पनि बाक्लो हुस्सु र कुहिरोले ढाकेको जनाए । उनका अनुसार अहिले तराईका धेरैजसो ठाउँमा न्यूनतम 6 देखि 6 र अधिकतम तापक्रम 17-18 डिग्रि सेल्सियसको हाराहारीमा छ । अझै केही दिन पानी पर्ने सम्भावना कम भएकाले मौसममा गडबडी कायमै रहने मौसमविद्हरू बताउँछन् । राजधानीमा समेत बिहानदेखि 12/1 बजेसम्म बाक्लो कुहिरो लाग्दै आएको छ ।

अन्य समाचारहरु