भक्तपुरको वागेश्वरीमा करेन्ट सट भएर आगलागी हुँदा ६ वर्षीया बालिकाको मृत्यु / काठमाडौँको रामशाहपथमा मिनिबसको ठक्करबाट २१ वर्षीय युवतीको मृत्यु

भक्तपुरको वागेश्वरीमा करेन्ट सट भएर आगलागी हुँदा छ वर्षीया बालिकाको मृत्यु

 

भक्तपुर – वागेश्वरी-२स्थित रमेश खत्रीको घरमा करेन्ट सट भएर आगलागी हुँदा खत्रीकी छ वर्षीया छोरी सुदीक्षाको ओछ्यानमा मृत्यु भएको छ ।


परिवारका सदस्य भुइँतलामा बसिरहेका बेला लोडसेडिङपछि बत्ती आउनेबित्तिकै करेन्ट सट भएपछि सुतिरहेकी बालिकाको मृत्यु भएको स्थानीय दीपक लामिछानेले बताउनुभयो ।


आगलागीबाट कम्प्युटर, टेलिभिजन, दराजलगायत गरी करिब रु एक लाखको क्षति भएको थियो । दमकल पुग्नुअघि आगलागी स्थानीयवासीले निभाएका थिए ।

 

काठमाडौँको रामशाहपथमा मिनिबसको ठक्करबाट २१ वर्षीय युवतीको मृत्यु


काठमाडौ  – काठमाडौँ महानगरपालिका रामशाहपथमा बा १ ख ३०२७ नं.को यात्रुबाहक मिनिबसले बा ३२ प ६५५२ नं.को स्कुटरलाई ठक्कर दिँदा त्यसमा सवार एक युवतीको मृत्यु भएको छ ।


मृत्यु हुनेमा भक्तपुर मध्यपुरथिमि नगरपालिका वडा नं. १५ घर हुने वर्ष २१ की राजमेरी पालिखे रहेको प्रहरीले बताएको छ ।


प्रहरीका अनुसार पालिखे बसले ठक्कर दिएपछि घाइते भएको र उनलाई तत्कालै उपचारका लागि वीर अस्पतालमा ल्याई उपचार गराउँदागराउँदै उनको मृत्यु भएको हो ।


सो स्कुटरलाई ठक्कर दिने गाडी र चालक टलकबहादुर खत्रीलाई प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको जनाएको छ ।

अन्य समाचारहरु