कपिलवस्तुमा गिद्ध संरक्षणका लागि समिति गठन

कपिलवस्तु । गिद्ध संरक्षणका लागि यहाँ एक समिति गठन गरिएको छ ।गिद्ध संरक्षण अभियानका लागि चेतना फैलाउन लागिपरेको नेपाल पाराभेटेनरी तथा लाइभस्टक एसोसिएसन जिल्ला कार्य समितिको प्रयासमा सो समिति गठन गरिएको हो ।


समितिले गिद्धले खाने सिनो उपयुक्त भए/नभएको परीक्षण गर्नेछ ।


नेपाल पक्षी संरक्षण सङ्घको सहयोग र नेपाल पाराभेटेनरी तथा लाइभस्टक एसोसिएसन कपिलवस्तुको आयोजनामा जिल्ला पशुसेवा कार्यालय तौलिहवामा आयोजित कार्यक्रममा जिल्लाका प्रमुख राजनीतिक दल, वन, कृषि, जिल्ला प्रशासनलगायत कार्यालयका प्रतिनिधिको उपस्थितिमा जिल्लालाई डाइक्लोफेनेक मुक्त क्षेत्र घोषणाका लागि एक मूल समिति पनि गठन गरेको छ ।

अन्य समाचारहरु