
उक्त विज्ञप्तिमा भनिएको छ उत्पत्तिभूमिको संबृद्धिकोलागि विश्वका विभिन्न ठाउाबाट भेलाहुने गैर आवासीय नेपालीहरुलाई स्वागत गर्न पाउनु तपाई हाम्रो गौरवपनि हो । यसर्थ संयुक्त अरब इमिरेट्स्मा रहेका विभिन्न् संघ संस्थाका पदाधिकारी लगायत युएईमा विभिन्न पेशा र रोजगारीमा रहनुभएका नेपाली दाजुभाई तथा दिदी बहिनीहरुलाई संमेलनमा सहभागिताकोलागि हार्दिक अनुरोध गरिएको छ । उक्त सम्मेलनमा विश्वमा रहेका एनआरएनहरुको समेत व्यापक सहभागिता रहने विश्वास लिइएको छ ।
सम्मेलनमा नेपाल सरकारका उपप्रधान तथा परराष्ट्र मंत्री, श्रम तथा यातायात व्यवस्था मंत्रीको अतिरिक्त श्रम सचिव, नेपाल राष्ट्र बैंकका गभर्नरको उपस्थिति रहने विश्वास लिइएकोछ । त्यस्तै गरी एनआरएनएका पदाधिकालगायत झण्डैं तीस देशमा रहेका एनआरएनहरुको सहभागिता रहने बुझिएकोछ । नेपालका प्रशिद्ध कलाकारको साथमा स्थानीय नेपाली कलाकारहरु उपस्थिति हुने व्यवस्था मिलाइएको छ । रोजगार तथा आर्थिक विशेषज्ञ तथा वैदेशिक रोजगार व्यवसायीहरु सम्मेलनमा भेला हुनेछन् । नेपाल पत्रकार महासंघ तथा अन्य नेपाली र विदेशी संचारकर्मीहरुको सम्मेलनमा उपस्थिति रहने सापकोटाले जानकारी गराएका छन् ।
सम्मेलनमा विश्वभर रहेका नेपालीहरुका गतिविधि, वैदेशिक रोजगारीको विद्यमान अवस्था, सामूहिक लगानी कोषको अवधारणा, गैर आवासीय नेपालीहरुको भूमिकाबारे जानकारी, आफ्नों क्षेत्रका समस्याहरुबारे छलफल गरिने छ । सहभागीहरुलाई निशुल्क वितरण गरिने स्पोन्सरहरुका सूचनाहरु, लिखित सामाग्रीहरु तथा सम्मेलन किट आदिको व्यवस्था रहेको समेत जनाइएको छ ।
उक्त सम्मेलनमा अन्तरराष्ट्रिय सहभागिता ः १०० डलर ,स्थानीय सहभागिता ः ५० डलर र स्थानीय दिवा सहभागिता ः दिराम १०० मात्र रहेको जनाकारी गराईएको छ । बृहत् स्थानीय सहभागिताको अनुरोधलाई ध्यानमा राखी दिवा सहुलियत सहभागीता शुल्क दिराम १०० मात्र राखिएको र यसमा दुईदिन लन्च समेत समावेश रहेको आयोजकले जनाएको प्रेश विज्ञप्तिमा बताईएको छ । थप जानकारी सम्मेलन आयोजक समितिका देहायका महानुभावहरुलाई समेत संपर्क गर्न अनुरोध गरिएको छ ।
-चन्द्र रोकाहाः०५५९५३११५०,शुरेश बस्यालः ०५० २५१०४१९,शेष नारायण झाः ०५०३५९२२६७,तुल्सी तामाङ्ग:०५५४७८९८८७,गिरिधारी रिजालः ०५०७२१९१६१,विकास अधिकारीः ०५०८२३८३९३,सन्तोष प्रसाईः ०५५८७५१००९



