ओमानमा नेपालीहरुको चिनारी र पर्यटन वर्ष २०११ लाई टेवा पुराउन रक्तदान कार्यक्रम सम्पन्न

      -शालिक राम आचार्य

अर्घाखाँची डट्कम् – ओमान सहयोगी


अर्घाखाँची टाईम्स यूएई डेस्क-ओमान-मस्कट,३१ डिसेम्बर २०१० का दिन सगरमाथा समूह ओमानको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ।ओमान स्थित नेपाली युवा हरुलाई संगठितगर्दै सामाजिक भाबनालाई जाग्रित गर्ने उदेस्य लियर स्थापीत भएको सगरमाथा समुहले पटक पटक नेपाली हरु को समस्या देखि लियर खेलकुद र मनोरन्जनात्मक कार्यक्रम पनि गर्दै आएको छ।

ओमान मा नेपाली हरु को चिनारी र पर्यटन वर्ष २०११ लाई टेबा पुराउने उदेस्यले मस्कट,घाला स्थित रोयल हस्पिटल मा रक्तदान को कार्यक्रम राखिएको थियो।रक्तदानको बिषयमा कुरा गर्दा सगरमाथा समूहका अधक्ष्य सागर अधिकारीले भन्नुभयो ओमान मा नेपालीको चिनारी र ओमानी मिडिया हरु को ध्यान नेपाली श्रमिकहरु पर्ती पुगोश भनेर नै यस्तो प्रकारको कार्यक्रम को आयोजना गरेको जानकारी दिनु भयो।


रक्तदान कार्यक्रममा धेरै नपालीहरुले रक्तदान गरेका थिए।कार्यक्रम लाई ओमान का अन्य नेपाली संघ-संस्थाहरुको समर्थन रहेको थियो। यसरी साथदिने सस्थाहरुमा ओमान नेपाली एकता समाजका  अधक्ष्य शोभाकान्त लामीछाने आफ्ना एरिया समितिका सदस्यहरु को साथ कार्यक्रमको सहयोगका लागि सहभागीता जनाउनु भएको थियो।


गैर आवासीय नेपाली संघ,ओमानका अधक्ष्य टिका ढकाल आफ्नो परिवार र आफ्ना सदस्य हरु सहित कार्यक्रममा सहभागीता जनाउनु भएको थियो।यसैगरि लाली गुराँस युवा समुह बाट प्रतिनिधिको रुपमा लाल महतो,अल-भाजा कम्पनीबाट राम कुमार श्रेष्ट लगायतका प्रतिनिधि को उपस्तिथी रहेको कार्यक्रम लाई बिहान ९:०० बजे देखि सांज ४ बेजा सम्म चल़ाईएको थियो।


उक्त कार्यक्रम को आकर्षण र नेपाली हरु को यो जोस लाई देखेर ओमानी,भारतिय,श्रीलंकन,बगंलादेशी नागरिक हरुले पनि रक्तदान गरेका थिए भने ओमानी प्रशासन् लाई नेपालीहरुले गरेको यस् प्रकारको सेवा बाट ओमान लाई पहिलो पटक आकर्षित गरेको र यस प्रकार का कार्यक्रमले नै नेपालीहरुको भबिस्य ओमानमा अग्ग्र स्थान रहने अनुमान गरिएको जानकारी आयोजक सस्थाका अधक्ष्य सागर अधिकारीले दिनु भयो।


गैर आवासीय नेपाली संघ,ओमानका अधक्ष्य टिका ढकालले भन्नुभयो कुनै पनि कार्यक्रममा हामी नेपाली हरु एक भएर गए मात्र नेपाली को पहिचान लाई माथि पुराउने र ओमानमा नेपालीहरु को चौतर्फी रुपमा पर्यटन वर्षको रूपमा मनाउन माहोल मिल्नेछ।


ओमान नेपाली एकता समाजका अधक्ष्य शोभाकान्त लामीछानेले जनवरी २०११ शुरूहुनस़ाथ नेपाल पर्यटन वर्ष को तयारीमा हामी सबै नेपाली हरु को भूमिका महत्वपूर्ण हुनुपर्छ,नेपालमा पर्यटक आकर्षण गर्न आफुलाई जे जति थाह छ उति नै बर्णन गरे पनि ओमानी पर्यटक लाई नेपालमा   आकर्षण गर्न सकिने सम्भावनाहरू भएको कुरा प्रष्ट प्रानु भयो।लामीछानेले यस् प्रकारको कार्यक्रम लाई बिदेश मा रहेका नेपाली हरु आफु कार्यरत देशका नागरिक लाई आफ्नो देश सम्म लैजान सक्ने हुनुपर्ने खुबी भएको र पर्यटन बर्षमनाउन लाग्दा  नेपाल को सरकारले बिदेशमा रहेका त्यस मा पनि ओमन जस्तो नेपाल सरकारको कुनै कुटनैतीक नियोग नभएको देशमा सामाजिक कार्यमा जुट्नुलाई नेपाल सरकार तथा ओमानी सरकारको ध्यान जानु पर्ने बताए।