बिदेश बिभाग- अर्घाखाँची टाईम्स

लाइन हर्ज नामक सेक्युरिटी कम्पनीले काममा लगाएका १२ जना नेपाली सुरक्षा गार्डले बिगत दुई महिनादेखि तलब सुबिधा पाएका छैनन् । रोजगारदाताले तोकेअनुसार तलब सुबिधा नदिएपछि अलपत्र परेका नेपाली श्रमिकहरुले नेपाली दूतावास, मलेसियाको श्रम बिभाग, मानव संसाधन मन्त्रालय लगायतका निकायमा न्यायका लागि उजुरी दिएका छन् । तर, मलेसियाको श्रम बिभागले भने रोजगारदाताको नभई श्रमिककै गल्ती भएको भन्ने जवाफ पठाएपछि पिडीत श्रमिकहरुले नेपाली दूतावाससहित अन्य मलेसियाका सरकारी निकायहरुमा उजुरी दिएका छन् ।
पिडीतहरुका अनुसार लाइनहर्ज म्यानेजमेन्ट अन्र्तगत सन् २००७ देखि कार्यरत २० नेपाली सेक्युरिटी गार्डले सन् २०१० जुलाईदेखि तलब पाएका छैनन् । पिडीतहरुको उजुरीका आधारमा नेपाली राजदूतावास मलेसियाले रोजगारदातालाई तोकिएबमोजिमको तलब सुबिधा दिन तथा पिडीत नेपाली श्रमिकलाई काममा लगाउन पत्राचार गरेको छ । यसको जानकारी इमिग्रेसन लगायतका सरकारी निकायलाई पनि गराइएको छ ।
पिडीत नेपालीहरुको समस्यालाई अगाडी बढाउन पहल गरिरहेका मलेसियन इन्डियन वेलफेयर सोसाइटीका अध्यक्ष केएस भाष्करनले नेपाली श्रमिकलाई न्याय दिलाउन पहल भइरहेको बताए । उनकै पहलमा पिडीत नेपाली श्रमिकले हालै उपप्रधानमन्त्री दातुक टी मुर्गियालाई भेट गरेका छन् । भेटमा उपप्रधानमन्त्री मुर्गियाले न्याय दिलाउन पहल गर्ने आश्वास दिएको पिडीत सुकदेव गुरुङले बताए।
तलब सुबिधा नपाउने पिडीत श्रमिकहरुमा सुकदेव गुरुङ,कृष्णबहादुर गुरुङ,दीपक सारुमगर,राजकुमार सुनार,रेशमबहादुर श्रेष्ठ, सहदेव धिमाल, बिष्णुप्रसाद उपाध्याय, मनबहादुर बस्याल, हस्तबहादुर राना, डम्मर अधिकारी, प्रकाश पौडेल र आशबहादुर गुरुङ छन्।संचारकर्मी संग कुरा गर्दै पिडीतमध्येका एक सुकदेव गुरुङले आफुजस्तै अरुपनि अन्यायमा नपरुन भनेर न्यायका लागि लडाई सुरु गरेको बताए ।
गुरुङ भन्छन-



