मलेसियामा तीन लाख नेपाली गैरकानुनी रुपमा काम गरिरहेको श्रम विभागको दावी

बिदेश बिभाग- अर्घाखाँची टाईम्स


अर्घाखाँची टाईम्स यूएई डेस्क-मलेसिया र नेपाली श्रम विभागले सार्वजनिक गरेका तथ्यांकअनुसार अहिले मलेसियामा ३ लाखभन्दा बढी नेपाली लुकेर काम गरिरहेको तथ्याकं फेला परेको छ। रोजगारीका लागि आर्कषक गन्तब्य मलेसियामा झन्डै तीन लाख नेपाली अवैंध बसेर काम गरिरहेको तथ्यांक फेला परेको हो।


मलेसियाको श्रम विभागले सन् २०१० फ्रेबुअरीसम्ममा १ लाख ७५ हजार ८ सय १० नेपाली कानुनत (बैंध) काम गरिरहेको तथ्यांक सार्वजनिक गरेको छ। यसपछिका ११ महिनामा थप एक लाखभन्दा केहि बढी मात्र नेपाली त्यहाँ पुगेका छन्। तर, वैदेशिक रोजगार विभागको तथ्यांकले हालसम्म रोजगारीका लागि मलेसिया जाने नेपालीको संख्या ५ लाख नाघेको देखाएको छ। मलेसिया जाने अधिकांस नेपाली भिसा अवधि सकिएपछि पनि लुकेका कारण अबैध रुपमा बस्नेको संख्या बढेको हो।



मलेसियाली श्रम विभागका अनुसार घरेलु कामदार ८४, निर्माणमा ३ हजार ७ सय ८५, उत्पादनमूलक क्षेत्रमा १ लाख ३५ हजार ७ सय ६४, सेवा क्षेत्रमा २६ हजार ९ सय १, वृक्षारोपणमा १ हजार ६ सय २१, कृषिमा ७ हजार ६ सय ५५ जना नेपाली वैंध रुपमा काम गरिरहेका छन्।


पछिल्लो समयमा मलेसियामा जाने धेरै नेपालीको सुरुमा तोकिएकै कम्पनी बस्ने र पछि भिसा अवधि सकिए पनि अन्य कम्पनीमा अवैध रुपमा काम गर्ने प्रचलन बढेको छ। तीन वर्षमा सबै जानकारी लिएपछि अबैध बस्न उनीहरु तयार हुने व्यवसायी बताउँछन्। व्यवसायीका अनुसार मलेसियाको जोहरवारुमा मात्र एक लाख भन्दा बढी नेपाली कार्यरत छन्। मलेसियामा चालिस लाख विदेशी कामदार छन्।तीमध्ये ३० लाख विदेशी कामदार अवैंध रुपमा कार्यरत छन्। मलेसियाले अवैध रुपमा कार्यरत विदेशी कामदारलाई विस्थापन गर्ने तयारी गरिरहेको छ।