दाङ – संचारमाध्यमहरुले जनाए अनुसार घोराहीबाट नेपालगञ्जतर्फ जाँदै गरेको बा२ख ९०३७ नम्बरको बसबाट भारतको बहराइच रुपैडिहा निबासी ३० बर्षीया रेणु गुप्ता चार किलो ७ सय ग्राम चरेससहित पक्राउ परेकी छन् ।
पूर्वपश्चिम राजमार्ग अन्तरगत अमिलियामा चेकजाँच गर्दा गुप्ताको साथबाट चरेश फेला परेको प्रहरीले जनाएको छ । गुप्तालाई थप अनुसन्धानका लागि इलाका प्रहरी लमहीमा राखिएको छ ।



