ट्रयाक्टर र बस चालकबिच कुटाकुट भए पछी…….

भोजपुर,- दुई चालकबीच सोमबार राति भोजपुर सदरमुकाममा झगडा हुँदा एक जना गंम्भीर घाइते भएका छन् । कुटपीट गर्ने एक जना फरार भएका छन् ।


भोजपुर सदरमुकामस्थित अस्थायी बसपार्क छेउको एउटा घरमा मादक पदार्थ सेवन गरी आवेशमा आएका को १ त ७६१४ नं को ट्रयाक्टर चालक कुमार लिम्बुले २९२० नं को बस चालक गणेश भण्डारीलाई कुटपीट गरी घाइते बनाएका हुन् । चालक लिम्बु राति नै फरार भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।


चालकबीचको झगडा प्रत्यदर्शी बन्दना राईलाई सोधपुछका लागि प्रहरीले बिहान नियन्त्रणमा लिएको छ । उनीहरु राति अर्कै ठाउँमा मादक पदार्थ सेवन गरी घरमा आएर झगडा गरेको प्रत्यक्षदर्शी बन्दना राईले बताइन् । गंम्भीर घाइते चालक भण्डारीलाई उपचारार्थ जिल्ला अस्पतालमा भर्ना गरिएको छ । उनको स्थिति गंम्भीर रहेकाले थप उपचारका लागि विराटनगर लगिएको हो।

अन्य समाचारहरु