रामेछापको जोगीमारास्थित जङ्गलमा जीप दुर्घटना हुँदा तीनजनाको घटनास्थलमा मृत्यु

रामेछाप – राकाफोम गाविसको लुभु बजारबाट हिलेदेवीतर्फ गइरहेको एक बोलेरो जीप खनिया पानी गाविस जोगीमारास्थित जङ्गलमा दुर्घटना हुँदा जिपमा सवार तीनजनाको घटनास्थलमा मृत्युभएको छ ।


मृत्यु हुनेहरुमा बेथान गाविस केसरी ध्वङ, रिता ध्वङ र हिलेदेवी गाविसका हरिमान कामी छन् उक्त दुर्घटनाबाट कुमार बिक, सुस्मी केसी र चालक बम बहादुर तामाङ घाइते भएका छन् ।


घाइतेहरुको उपचारका लागि धुलिखेल लगिएको छ । उक्त गाडी उकालोमा ब्याक गर्न लाग्दा दुर्घटना भएको र बाटोबाट करिब एक हजार मिटर तल खसेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । दुर्घटनाग्रस्त गाडीको नं. पत्ता लगाउन सकिएको छैन ।

अन्य समाचारहरु