मोरङ, पानीटयाङ्की – मोरङ कारागारका एक कैदीको आज बिहान उपचारका क्रममा मृत्यु भएको छ ।
विराटनगर-१२ स्थित हाटखोलमा रहेको कारागारमा पाँच महिनाअघि जर्बजस्ती करणी मुद्दामा जेल परेका उर्लाबारी-१ का ५८ वर्षीय पदम विकको आज बिहान ४ बजे कोसी अञ्चल अस्पतालमा मृत्यु भएको हो ।
कैदी विकलाई जिउ सुन्निने रोग रहेको र उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, मोरङले जनाएको छ । रासस