बाजुरामा एचआईभी संक्रमितको संख्या दोब्बरले बृद्धि हुदै

बाजुरा – बाजुरामा एचआईभी संक्रमितको संख्या दोब्बरले बृद्धिहुदै गएको छ । कामका लागि विदेश जानुपर्ने बाध्यता र धन कमाउन गएका युवाहरु विदेशमा गएर गलत कार्यमा लाग्ने गरेकाले बाजुरामा एचआईभी संक्रमितको सङ्ख्या दोव्बरले वृद्धी हुँदै गएको हो ।


जिल्लामा गैर सरकारी संस्था गिप्ट बाजुराद्धारा संचालिन भीसीडी केन्द्रका अनुसार अघिल्लो वर्षमा २६ जना मात्र एचआइभी संक्रमित भएपनि यो बर्ष दोब्वरले बृद्धि भएर ५६ पुगेको जिल्लाका विभिन्न ठाउँको तथ्याङ्कले देखाएको बताइएको छ ।


संक्रमित मध्ये पुरुष भन्दा महिलाको संख्या बढी रहेको र सात जनाको औषधी अभावका कारण एक वर्षमै मृत्य भएको जनाइएको छ ।


एचआइभि एड्स महासंघ बाजुराका अध्यक्ष मीना विकले खुलेर आएको ५६ जना संक्रमित भएपनि खुल्न नचाहनेको  संख्या भने यसको तेब्बर रहेको बताउनु भएका छ । जिल्लामा हाल करिब २ सय जना भन्दा बढी एचआइभी संक्रमितहरु औषधि  उपचारको अभावमा बाँची रहेका छन्  ।

अन्य समाचारहरु