दमक – संचारमाध्यमहरुले जनाए अनुसार कन्काइ धाममा लागेको माइ मेला भरेर फर्कदैं गरेका दर्शनार्थी दुर्घटनामा परी दुईजनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् ।
इलाका प्रहरी कार्यलय झिलझिलेका अनुसार माइमेला भरेर फर्कदैं गरेका तीनवटा मोटरसाइकल एकआपसमा ठोक्किंदा सतासीधाम ९ का २४ बर्षिय सुदिप गुरुङको घटनास्थलमै मृत्यु भएको हो । सोही घटनामा परेका अर्का एक ब्यक्तिको उपचारका लागी बिर्तामोड लैजादैं गर्दा बाटैमा मृत्यु भएको छ । अन्य घाइतेहरुको स्थानीय अस्पतालहरुमा उपचार भइरहेको छ ।



