गैरआवसीय नेपाली संघको पाचौ क्षेत्रिय सम्मेलन १२ बुदे दुबइ घोषणा पत्र जारी गर्दै यूएईमा सपन्न

– उमाकान्त पाण्डे गाउले

 

दुबई, युएई –  गैरआवसीय नेपालीहरुको पाँचौ क्षेत्रीय सम्मेलन सम्युत्त अरब एमिरेट्स यूएई को दुबईमा भब्यरुपमा सम्पन्न भएको छ। १२ बुदे दुबइ घोषणा पत्र जारी गर्दै सम्मेलन सकिएको छ। दुबइ स्थित क्राउन प्लाजा होटेलमा आयोजना गरिएको सो सम्मेलन खाडी मुलुकमा गरिएको दोस्रो सम्मेलन हो ।

नेपाल सरकारका उच्च अधिकारी सहित २२ मुलुकका ४ सय ४ जनाको सम्मेलनमा उपस्थिती रहेको थियो। सुरक्षित आप्रवासन र सामुहिक लगानी बिषयमा सम्मेलनमा ब्रिहत छलफल गरिएको थियो।


मुलत:बैदेशिक रोजगारलाई सुरक्षित बनाउनका लागि सरकारले अपनाउनु पर्ने अवधारणा तथा बिदेशमा रहेका नेपाली हरुको सामुहिक लगानीका सम्बन्धमा बहस गरिएको थियो।


वर्तमान काम चलाऊ सरकारकी उप-प्रधान तथा पररास्ट्र मन्त्री सुजाता कोईराला तथा श्रम तथा यातायात ब्यबस्था मन्त्री मोहम्मद अफ्ताब आलम,प्रधानमन्त्रिका प्रमुख प्रेस सल्लाहकार रघु जि पन्त,संबिधान सभाका सदस्य,मध्यपुर्व क्षेत्रमा रहेका कुटनितिक नियोग प्रमुखहरुको उपस्थितीमा गत जनवरी १४ मा उद्घघाटन गरि सुरु भएको सम्मेलन १६ जनवरी आइतबार सम्म यूएईको दुबइमा भब्यरुपमा सम्पन्न भयो ।


सम्मेलनमा नेपाल पत्रकार महासंघका केन्द्रिय अधक्ष्य धर्मेन्द्र झा लगायत देश भरमा रहेका बिभिन्न सन्चार सस्था र माध्यम हरुमा कार्यरत करिव दुई दर्जन भन्दा बढी संचारकर्मी नेपाल बाट ल्याइएको थियो। सम्मेलनमा उपस्थित अधिकाशं संचारकर्मी बैदेशिक रोजगार/अर्थ- श्रम तथा प्रवासिएका नेपालीका सम्बन्धमा कलम चलाऊने रहेका थिए।


नेपाल देखी बाहिर अन्य खाडी क्षेत्र तथा युरोप क्षेत्रमा कार्यरत नेपाली पत्रकार हरुको पनि उपस्थिती बाक्लो देखिन्थ्यो । यधपी अन्य क्षेत्र बाट आमन्त्रित पत्रकार तथा संचारकर्मी लाई ठुलो रकम खर्चेर ल्याईएको भएपनी यूएईमा लामो समय देखी कार्यरत पत्रकार हरुलाई समेत सो सम्मेलनको हलमा जान शुल्क लिईएको थियो। बिशेष स्रोत हरुले जनाए अनुसार अब देखी यहाँका पत्रकार ले एन आरएन बहिस्कारको निती अपनाउन सक्ने सकेंत दिएका छन।


सम्मेलनमा छलफल गरिएका प्राय सबै अवधारणालाई उपस्थित एनआरएन माझ बहस र प्रश्न उत्तर शैलीमा राखिएको ले त्यस बिषयले महत्व राखेको थियो । साथै उपस्थितीले खाडी लगायत अन्य क्षेत्रमा भएका समस्या र समाधानका लागि सिधै सरकारी उच्चतहका मन्त्री सँग जिज्ञासा राखिरहेका थियो। खुल्ला छलफलमा उपस्थिती ले मृतक शब नेपाल लैजादा सम्म नेपाल सरकारले ट्याक्स लगाउने, सदै भरी नेपाली लाई बिदेश पठाउने योजनामा नेपाल सरकार-समब्न्धित निकाय र स्वयम आयोजक एनआरएन पनि तल्लिन हुनुले बिदेशिएका नेपाली कहिले कसरी नेपाल फर्किने?लगायतका सन्धर्भमा समेत बहस गराइएको थियो।


कार्यक्रमको सुरुको उद्दघाटन सत्र लग्गत्तै अतीथी बाट सम्बोधन तथा रात्रीकालिन प्रहरमा नेपाल बाट तथा अन्य देश बाट आएका एनआरएनका प्रतिनिधि कलाकारले समेत आफ्नो प्रस्तुती एक सास्कृतिक कार्यक्रमको आयोजना गरी पस्केका थिए। कार्यक्रममा अमेरिका बाट लोक गायक तथा अमेरिकाका लागि नेपाली अबैधानिक दुत प्रेम राजा महत,नेपाल देखी सदावहाँर तथा आधुनिक गायिका मल्लिका कार्की,लोक गायिका सुनिता दुलाल,हास्य कलाकार मनोज गजुरेल, गायिका आङ छिरिङ्ग डोल्मा तथा स्थानिय कलाकार चन्चला घिमिरे-गानु लामा लगायतले आफ्नो मिठो प्रस्तुती समेत देखाएका थिए।


सम्मेलन खर्चिलो तथा स्तरिय भएपनी ब्यबस्थापकिय पक्षमा अलिक खुकुलो भएको उपस्थित एनआरएनका सदस्यहरुको गुनासो थियो।नेपाल बाट आएका संचारकर्मीहरु समेत अलमल्ल परेको अवस्था थियो भने संचारकर्मीको बाक्लो उपस्थिती गराएपनी समाचार क्षेत्रमा खासै प्रचार-प्रसार हुन नसकेको बिश्लेशक हरुले बिश्लेशण गरेका छन।


मुलत:एनआरएनएको सो सम्मेलन कसै कसैले पैसा वालाहरुको जमघट भनी टिप्पणी गरेका छन भने आयोजक पक्षले कार्यक्रम नेपालका लागि कोशे ढुङ्गा सावित भएको जनाएका छन।



एनआरएन केन्द्रिय कोषाधक्ष्य रामेश्वर शाहको सम्योजकत्वमा गठित २२ सदस्सिय आयोजक समितिको बिशेष पहलमा सम्मेलन सम्पन्न भएको हो।


 

गैरआवसीय नेपाली संघको बैठकद्धारा पारित हुन बाँकी घोषणा पत्र निम्नअनुसार रहेको छः


उपप्रधान तथा परराष्टमन्त्री, माननीय श्रम तथा यातायात व्यवस्था मन्त्री, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार, राष्ट बैंकका गभर्नर, संविधानसभाका सदस्य, मध्यपुर्व क्षेत्रका नेपाली कुटनीतिक नियोग प्रमुखहरु, नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरु तथा गैरआवासिय नेपाली संघका २१ देशका प्रतिनिधिहरुको उपस्थितिमा सामुहिक लगानी एवं सुरक्षित आप्रवासनको मुल नाराका साथ संयुक्त अरब इमिरेटसको दुवइमा जनवरी १४ १५, २०११ मा सफलतापूर्वक सम्पन्न पाचौ गैर आवासिय नेपाली क्षेत्रीय सम्मेलनमा अभिव्यक्त बिचारलाई सम्बोधन गर्दै यो सम्मेलन निम्न प्रतिवद्धता सहितको दुवइ घोपणापत्र जारी गर्दछ ।


१. नेपाल राष्टको सार्वभौम सत्ता, राष्ट्रिय एकता र अखण्डता, दिगो शान्ती, लोकतान्त्रिक एवं समावेशी गणतन्त्रको संस्थागत बिकास, मानव अधिकार र मौलिक स्वतन्त्रताकोे प्रत्याभूति हुनुपर्ने देश भित्र र बाहिर रहेका सम्पूर्ण नेपालीहरुको भावना बमोजिम जारी शान्ति प्रक्रियालाई तार्किक एवं सकारात्मक निष्कर्षमा पुर्याउन र निर्धारित समयभित्र संविधान बनाउन यो सम्मेलन सम्पूर्ण राजनीतिक दलहरुबीच निरन्तर सम्वाद, सहमति र सहकार्य जारी राख्न हार्दिक आग्रह गर्दछ ।


२. वैदेशिक रोजगारीमा जाने नेपालीहरुको सूचनाको आवश्यकतालाई पहिचान गरि नेपाल सरकार र निजी क्षेत्रसंगको सहकार्यमा नेपालका सबै गाउ बिकास समिति र नगरपालिकाहरुमा वैदेशिक रोजगार सम्बन्धी सूचना पुस्तिका वितरण गर्ने गैरआवासिय नेपाली संघ प्रतिवद्धता व्यक्त गर्दछ । त्यसका लागि आवश्यक सूचना संकलन गर्न राष्टिय समन्वय परिषदलाई परिचालित गरिने छ र यसमा लाग्ने सम्पूर्ण खर्च गैरआवासिय नेपाली संघले जुटाउने छ । साथै गाउ बिकास समिति र नगरपालिकाहरुमा क्रमशः वैदेशिक रोजगार सेवा केन्द्रको स्थापना गर्न सरकारसग आग्रह गर्दछ । गैर आवासिय नेपाली संघको काठमाडौंस्थित केन्दि्रय सचिवालयले समेत बैदेशिक रोजगारका सरोकारवाला संघसंस्थासंग सहकार्य गरि सूचना सम्प्रेषण तथा उद्धार कार्यमा सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्दछ ।


३. वैदेशिक रोजगारले मुलुकको गरिबी निवारण र मानव संसाधनको बिकासमा पुर्याएको योगदानको उच्च मुल्यांकन गर्दै यसलाई सुरक्षित, मर्यादित र व्यवस्थित गराउन गैर आवासिय नेपाली संघले विभिन्न अवसरमा दिएको सुझावलाई समेत समावेश गरि यथाशिघ्र वैदेशिक रोजगार नीति ल्याउन नेपाल सरकारसंग यो सम्मेलन आग्रह गर्दछ ।


४. मध्यपूर्व क्षेत्रमा रहेका कामदारहरु विशेष गरि महिलाहरुको व्यक्तिगत र रोजगार सुरक्षाको बिषय जटिल वनिरहेको निष्कर्ष निकाल्दै कामदारको आवश्यक सिप प्रवर्द्धन गर्ने लगायत सुरक्षित आप्रवासनका लागि गरिने सम्झौता सहित तत्कालका समस्या समाधान गर्न कुटनीतिक नियोगसंग सहकार्य गर्ने गैर आवासिय नेपाली संघ प्रतिवद्धता व्यक्त गर्दछ । उल्लेख्य संख्यामा नेपालीहरु रोजगारमा रहेका तर नेपाली नियोग नभएका विशेषगरि मध्यपूर्वी राष्टहरुमा दुतावासको स्थापना गर्नुका साथै त्यस क्षेत्रमा महिला कामदारको संख्या निरन्तर वृद्धि भइरहेकोले सबै कुटनीतिक नियोगमा अनिवार्य रुपमा महिला कर्मचारीको व्यवस्था गर्न यो सम्मेलन नेपाल सरकारलाई आग्रह गर्दछ ।


५. वैदेशिक रोजगार बजार अनुसन्धान, पहिचान, विविधिकरण र प्रवर्द्धनमा नेपाल सरकार, निजी क्षेत्र तथा गैर आवासिय नेपाली संघबीच सहकार्य र समन्वय हुनुपर्ने आवश्यकता बोध गर्दै त्यस्तो किसिमको संयन्त्र निर्माण गर्न गैर आवासिय नेपाली संघले पहल गर्नेछ र नेपाल सरकारबाट आवश्यक सहयोग रहनेमा विश्वास व्यक्त गर्दछ ।


६. वैदेशिक रोजगारलाई सुरक्षित, मर्यादित र सम्मानित गराउन विदेशमा रहेका नेपाली संघसंस्थाहरुको सक्रिय सहयोग अपेक्षित रहेको सन्दर्भमा संस्थागत संरक्षण लिएर हुने गरेका गैर कानुनी कामलाई पुर्णत निषेध गर्नुपर्ने आवश्यकतालाई मनन गर्दै गैर आवासिय नेपाली संघको सम्मानित पहिचानलाई यसका सदस्यहरुबाट दुरुपयोग हुन नदिन यो संघ आप\mना सम्पूर्ण इकाइहरुलाई निर्देशन जारी गर्दछ । साथै अधिकांश गैर आवासिय नेपालीहरु विदेशमा नेपालका अवैतनिक दूतको रुपमा रहेको भावनालाई हृदयंगम गरि स्थानिय गैर आवासिय नेपाली समुदायसंग सौहार्दपूर्ण सहक&#23