आदिम के.सी, दाङ
दाङ – दाङमा मोटरसाइकल दुर्घटना हुँदा तीन जनाको मृत्युभएको छ । दाङको सौडियारबाट घोराहीतर्फ आउँदै गरेको रा १ प ७९६० नम्बरको मोटरसाइकल सौडियार ७ नापिडाँडामा बिजुलीको पोलमा ठोक्किएर दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको हो ।
दुर्घटनामा परी मृत्यु हुनेमा सौडियार ७ सौडियार निबासी १८ बर्षीय राम बहादुर चौधरी, सोही ठाउँ निबासी १९ बर्षिय दिनेश चौधरीको घटना स्थलमै मृत्युभएको हो ।
दुर्घटनामा परी गम्भीर घाइते भएका सौडियार ५ निबासी २१ बर्षिय नरेश चौधरीको उपचारका लागि राप्ती उपक्षेत्रीय अस्पतालमा ल्याउँदै गर्दा बाटोमै मृत्युभएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
मोटरसाइकल तिब्र गतिमा भएका कारण बिजुलीको पोलमा ठोक्किएर दुर्घटना भएको थियो ।