ओमनमा ७ नेपाली अलपत्र/सरकारी निकाय मौन

– शालिक राम आचार्य
 
अर्घाखाँची टाईम्स-यूएई डेस्क- कम्पनी सँग पटक पटक भएका सम्झौता बमोजिम कुनै पनि कुरा कार्यन्वयन नभए पछी नेपाल फर्किन लागेका ७ नेपाली ओमन स्थित अन्तराष्ट्रिय विमानस्थलमा अलपत्र परेका छन। 


 

कम्पनी ले कुनै पनि सहयोग नगरे पछी सामाजिक संघसस्थाको पहलमा नेपाल सम्म पुग्ने टिकटको चाजो पाजो मिलाएर एअर पोर्ट सम्म पुगेका ति ७ नेपालीलाई अन्त्यत कम्पनीले उनिहरुको पास्पोर्ट समेत फिर्ता नगरे पछी उनिहरु नेपाल फर्किन बाट बन्चित भएका हुन।
 
यो सबै यथार्थता लाई नजिक बाट अध्ययन गरिरहेका ओमन स्थित अर्घाखाँची डट्कम् का प्रतिनिधि शालिकराम आचार्यले तयार पारेको सम्पूर्ण विवरण यस् अनुसार छ । 

 

ओमानको एयरपोर्ट मा  बिहान ५:३० बजे देखि  कम्पनी को  PRO  कुरेर बसेका ७ जना नेपालीहरुलाई  जब यो पत्तिंकारको भेट भयो  उनिहरुको आँखामा एउटा नयाँ  आशा पलाएको  थियो।
 
तर कम्पनीको  PRO  नआउनाले उनि हरु चिन्तित मुद्रामा देखिन्थे। उनिहरुमा मानसिक अश्वस्थथा देखिन्थ्यो।
त्यसरी चिन्तित हुनुको कारण भने एकै दिनको बिषयले होइन।ओमानको राजधानी मस्कट स्थित अल अस्सर कम्पनी मा १ वर्ष ६ महिना  देखि उनिहरु पिडित छन् । कम्पनीमा कार्यरत १८ नेपाली मध्ये २ नेपाली सुरुमै नेपाल फर्किएका थिए।

 



बाँकिरहेका १६ जना ओमानमा रहेका बिभिन्न सामाजिक संघसंस्थाहरुको आश्रय मा पुगेका थिए।


१५ अक्टोबर २०१० का दिन देखी ओमान नेपाली एकता समाज ले नेपाल टेलीभिजन द्वारा सन्चालित रोजगार कार्यक्रमका पिताम्बर  भट्टराई Producer and presenter ROJGAR (TV Show) NTV मार्फत खुल्ला अन्तरवार्ता गराई नेपाली जनता सामु राखेको थियो।


गएको साउन १६ गते देखि मिडियामा आएको यो खबरले ओमानमा धेरै नेपालीहरु लाई सचेत गराएको थियो। फेरी साउन को २३ गते उनिहरुलाई  काम मा फिर्ता गरियो।जसमा पुरानो तलब लगायत रोकेको काम मा फर्किने प्रकृया NRN ओमनले ओमन समेत हेर्ने जिम्मेवार पाएका साउदी स्थित राजदुत मार्फत काम्दार र कम्पनी बिच सम्झौता गराएर पुनह काम्दार लाई काममा फिर्ता गराईएको थियो।


 

NRN ओमानले साउदी दुताबास को सल्लाह अनुसार  अलअस कम्पनी का PRO र डायरेकटरको बिचमा कामदारले पाउनु पर्ने तलब सेवा सुबिधा कम्पनीले दिने सम्झौतामा कबुल गरेको कम्पनीले सम्झौता कार्यन्वयन नगरेको कुरा अहिले उनिहरुको स्थितिले देखाएको छ।


यो घटनाले पहिला पनि धेरै स्थान पाएको थियो तर अहिले सम्म समस्या जस्ताको त्यस्तै छ।


पीडित हरुका अनुसार रोकीएको तलब र मासिक तलब कम्पनिले भुत्तानी गर्ने भनिएको भए पनि उनुहरुलाई २ महिनाको तलब स्वरुप मात्र रियाल ओमानी ३५ मात्र पाएका छन। सो रकम दुई छाक खानलाई पनि नपुगेको गुनासो पडित ति नेपालीको रहेको छ।   

 



यो समस्यालाई १५ अक्टोबर २०१० का दिन ओमान नेपाली एकता समाज ले  NTV  रोजगारका  Producer and presenter ROJGAR (TV Show) NTV पिताम्बर भट्टराई मार्फत खुल्ला अन्तरवार्ता गराई नेपाली जनता  सामु राखेको थियो। सो प्रस्तुतीले नेपालमा प्रभाब पारी ति कामदार आउने राज ओभर्सिजका संचालक पी.बी राई ओमान पुगी ओमानी कम्पनी सँग वार्ता गरी कामदारहरुलाई नेपाल फिर्ता गराउने सम्झौता गरि सबै कामदार हरु लाई नेपाल फर्काउनको लागि बाँकी सम्पूर्ण तलब सेवा सुविधा पाउने गरी कम्पनी र कामदार बीच सम्झौता पत्र बनाए बमोजिम सबै कामदार लाई नेपाल पठाउने निर्णय गरी उनिहरुको उडान १३ जनबरी २०११, रहेको तय गरिएको भए पनि नेपाल फर्किनका लागि ५:३० बजे एका बिहानै विमान स्थल पुगेका ति ७ नेपालीले कम्पनी बाट पास्पोर्ट नपाए पछी त्यही अलपत्र परेको NRNA ओमन र नेपाली एकता समाज ओमनका महासचिव ले  जनाएका छन।
 


 
यसरी अलपत्र परेका नेपाली हरुको नाम ठेगाना विवरण यस् प्रकार छ:


 नाम                       पासपोर्ट  न.                जिल्ला
१.  लबिन  राई                   १९१८०५०               खोटांग
२.  लक्षुमन्  शिंग               ४३५९८३७             मोरंग  औखाले
३.   डोलराज पाण्डे           २१६६४००              चितवन्  माडी
 ४.  रामेशोर  खनाल         २२६४४२७             पर्शा  ठोरी
५.  काली बहादुर             २४०५३५              मोरंग लेटांग
६.  मिलन परियार             पासपोर्ट न.          नखुलेको
७.   सिवराज  भण्डारी    १९११६०२१                चितवन्  माडी


ओमानका सबै संघसंस्थाहरुको पहलमा ती नेपालीहरुको उद्धार  गर्नको लागि पर्ने भएका छन भने  NRNA ओमनका अध्यक्ष टिका ढकालले ति नेपाली कार्यरत रहेको कम्पनी अलआस सेर्विसेस एंड ट्रेडीन्ग़का म्यानेजर धम्मिका रजक्से लाई ईमेल मार्फत आफ्नो धारणा राखेका छन। जुन विवरण यस् प्रकार छ:
 

Dear Mr. Damikka,
 
Good morning and Greetings from Nepali Community,
Please be informed that our Colleagues since this morning 7am onwards waiting in Airport for  visa cancellation  but your PRO not going and I heard now again not releasing ??
With out getting 2 month salary your Office staff approaching to them you have to sign we had taken all dues / Benefits money from company and we do not have any problem at all ?? also they sign it
Now as you agreed you have to release to them till end of December with paying there