काठमाडौ – प्राप्त समाचार अनुसार संखुवासभाको जलजला- ६ मा लाग्ने माघेनी मेला भर्न गएका एक युवाको चिसोका मृत्यु भएको छ । सिद्धपोखरी- ६ बोक्साका १६ वर्षीय तर्बु शेर्पा आइतवार राति सुतेका र सोमबार बिहान मृतअवस्थामा फेला परेको चैनपुर इलाका प्रहरीले जनाएको छ ।
हिजोदेखि जिल्लामा भारी हिमपात भइरहेको छ । तर्बु शेर्पाको चिसोका कारणले मृत्यु हुनसक्ने प्रहरीको प्रारम्भिक अध्ययनले देखाएको छ । घटनास्थलमा प्रहरी पुगिसकेको छ । थप विवरण अनुसन्धानपछि आउने चैनपुर इलाका प्रमुख निरीक्षक मेघराज थापाले बताए ।



