अमेरिकामा नेपाली गणित शास्त्रीहरूको साधारण सभा हुने

– दिपक बस्याल-मेक्सिको


अखाँटा यूएई डेस्क – अमेरिकामा रहेका  नेपाली गणित शास्त्री हरु को एक मात्र प्रभावशाली संगठन एशोसिएसन अफ नेप्लिज म्याथम्यटिसियन इन अमेरिका (ANMA) को प्रथम बार्षिक साधारण सभा यसै साता हुने भएको छ।
अमेरिका तथा संसारभर रहेका बिभिन्न विश्वविद्यालयमा गणित शिक्षामा बिद्याबारिधि गर्दै गरेका बिद्यार्थीहरु र गणितको अध्यापन कार्यमा लागि परेका प्रोफेसरहरु लाई सगंठित बनाउदै जाने लक्ष्य अनुरुप कार्यक्रम आयोजना गर्न लागिएको हो।


मे २०१० मा दुर्गा जंग केसी को नेतृत्वमा बनेको तदर्थ समितिले यही आउने जनवरी २२, २०११  शनिबारका दिन कन्फरेन्स कल मार्फत यो साधारण सभाको को आयोजना गर्ने निर्णय गरेको छ। सभाले आगामी २ वर्ष का लागि नया कार्यसमिति को चयन गर्नेछ।
 
अमेरिकाका विभिन्न विश्वविद्यालयमा गणित शिक्षामा  बिद्याबारिधि गर्दै गरेका बिद्यार्थीहरु र गणितको  अध्यापन कार्यमा  लागि परेका प्रोफेसरहरुको यो सस्थाले संसारभरि रहेका  नेपाली गणितग्यहरुको अध्ययन र अध्यापन कार्यमा सहयोगी भूमिका खेल्ने बुझिएको छ।


नेपालको गणित शिक्षाको बृहत्तर विकासको लागि लागिपर्ने उदेश्यका साथ खोलिएको यो सस्थाले नेपाल गणित समाज (Nepal Mathematical Society) सँग समन्वय गरि भाबी दिनहरुमा नेपाली गणित शिक्षालाइ विश्व परिबेशमा चिनाउन मद्दत गर्ने  खालका कार्यक्रमहरु ल्याउने बताइएको छ।सो कार्यक्रमको प्रचार-प्रसार बिभिन्न सामाजिक सन्जाल तथा संचार माध्यम मार्फत गरिएको पाइएको छ।