एक बर्ष अघी यूएईमा ज्यान गुमाएका मृतकका परिवारले करिव ५५ लाख नेपाली रुपैया पाए

खेमनाथ पौडेल
  सहयोगी

 

अखाँटा यूएई डेस्क-संखुवासभा नुनडांगी वडा नम्वर १ का बर्ष ३६ का दिपीन कुमार परियार विगत ६ बर्षदेखी अबुधावीको ईटिए कम्पनीमा कार्यरत उनी गत डिसेम्वर २८ तारिख २००९ मा सामान लोड गर्दा फोरक्लिपले च्यापीई मृत्यु भएको  थियो । मृत्यू भएको १ बर्ष पछि ब्लड मनी र ईन्सुरेन्स गरी करिव दुई लाख ८० हजार दिह्राम्स  नेरु करिव ५५ लाख परिवारले पाएका छन् । मृत्यु भएपछि उनका मामाका छोरा धुर्व कुमार दर्नालले नेपाली समाज यूएई अबुधावी क्षेत्रिय समितिलाई निवेदन दिई सहयोग गर्न अनुरोध गरिएको थियो । मृत्यु भएको १ हप्ता भित्रमा अबुधावी क्षेत्रिय समितीका अध्यक्ष रामगोपाल थापा र राजदूतावासको सहयोगमा उनको मृत्यक सरीर नेपाल पुगेको थियो ।

मृत्यक परियार ६ बर्ष यूएईमा कार्यरत गरी नेपाल गएर भर्खरै विवाह बन्धनमा वाधिएर श्रीमतीको गर्भमा नावालक शिशुलाई हुर्काउदै उनि फेरी तिनै शिशुको भविश्यकोलागि यूएई फिरेका थिए । तर दुर्भाग्यवश उनले ति आफ्ना नावालक शिशुलाई यो संसारमा देख्न नपाई गए । उनको मृत्यु भईसकेपछि उनका जुम्लीया दुई छोरी गंगा जमुनाको  जन्म भएको उनका मामका छोरा धुर्वले बताए ।


करिव १ बर्षको अथर्क प्रयासपछि उनको परिवारले करिव ५५ लाख नेपाली रुपैया पाउन सफल भए । उक्त कार्य गर्न नेपाली समाज यूएई अबुधावी क्षेत्रिय समितीका अध्यक्ष रात दिन खटिएर र चतुराई तरिकाले कागजपत्र बनाई विभिन्न अवरोधहरुलाई पार गर्दै असम्भव कार्यलाई पनि पुरा गर्न सफल भएको बताए । अबुधावीको सम्मानीत सर्वोच्च अदालतले  यूएईको कानून अनुसार सबैलाई उचित हकका साथ सम्पूर्ण परिवारलाई विभिन्न तरिकाले शेयर बाडेको थापा बताउछन् । उक्त पैसालाई २४ सेयरमा ३ सेर श्रीमती १६ सेयर बच्चाहरुलाई र बांकी सेयर बुवालाई दिने फैसला गरेको रामगोपालले बताए । उक्त रकम नेपाल सम्वन्धित ब्यक्तिमा पुगीसकेपछि मृत्यकका नावालक शिशुहरुको भविश्यको लागि उचित तरिकाले प्रयोग गरियोस् । टुहुरा बच्चाहरुलाई बाबु नभए पनि बाबु भएको अनुभुती होस् ति नावालक बच्चाहरुलाई लालन पोषण र शिक्षामा लगानी गरी ति बच्चाको भविश्य उज्वल गराउनकोलागि समपूर्ण परिवारलाई थापाले सल्लाह दिएका छन्।


गत जनवरी  ११ तारिख २०११ का दिन अध्यक्ष रामगोपाल थापाले २ लाख ८० हजार १ सय चालीस दिहर््राम्स नेपाली करिव ५५ लाख यूएईकालागि नेपाली राजदूत महामहिम अर्जुन बहादुर थापालाई हस्तान्तरण गरेको बताए ।  उक्त रकम नेपालको प्रराष्ट् मन्त्रालयबाट मृत्यकका परिवारले पाउने उनले बताए । यो कार्य देखेर मृत्यक मामाका छोराले नेपाली समाज यूएई अबुधावी क्षेत्रिय समितीले यस्तो कार्य गरेकोमा धन्यवाद दिए । नेपाली राजदूतावासबाट पनि सक्दो सहयोग पाएको रामगोपाल बताउछन् । यस्ता समस्याहरु अन्य नेपालीहरुको पनि छन् र ति नेपालीहरु नेपाली समाज तथा अन्य समाजहरुको सम्पर्कमा आउन थापा अनुरोध गर्दछन् । राजदूतावसले यस्ता घटनाहरुको जानकारी भएमा तुरुन्त समाज तथा सिधै दूतावासमा पनि सम्पर्क गरी सहयोग लिन अनुरोध गरेको थापाले बताए ।


यस कार्यमा सहयोग पुराउने इटिए कम्पनीका एच आर म्यानेजर मृत्यकका आफन्तहरु नेपाली राजदूतावास यूएई तथा प्रत्यक्ष वा अप्रत्यक्षरुपमा सहयोग पुराने सम्पूर्णलाई नेपाली समाज यूएई अबुधावी क्षेत्रिय समितिले धन्यवाद दिएको अध्यक्ष रामगोपाल थापाले बताए । यूएइको लोकल वकीललाई लगाउदा धेरै रकम तिर्नु पर्ने भएको हुनाले मृत्यकका मामाका छोराले यि सबै कार्यको खर्च ब्यहरेको पनि उनले बताए।