जनकपुर – समाचारहरुमा जनाइए अनुसार पूर्व पश्चिम राजमार्गको धनुषा खण्डमा शुक्रबार विहान सवा चार वजे एक मालवाहक ट्रक दुर्घटनाग्रस्त हुँदा एक जनाको ज्यान गएको छ भन्ने ट्रक चालकसहित तीन जना सख्त घाईते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय धनुषाले दिएको जानकारी अनुसार-पश्चिमबाट पूर्व तर्फ जाँदै गरेको ट्रक गोदार गाविसको चारनाथ खोला नजिक सडक भन्दा दाहिने पट्टी पल्टी खाएको थियो । यस क्रममा हालसम्म सनाखत हुन नसकेको एक जनाको मृत्यु भएको छ भन्ने चालक हेटौडा ७ का २५वर्षीय राजन अधिकारी,सोही स्थान बस्ने २८ वर्षीय रामकृष्ण भट्ट तथा झापा जिल्ला झापा ५बस्ने ३६वर्षीय गोपाल आचार्य शख्त घाईते भएका छन् । घाईतेहरुको उपचार स्थानीय अस्पतालमा भई रहेको छ ।



